निर्देशक राई निर्देशित नयाँ हिन्दी गीत सार्वजनिक

निर्देशक बिज्ञान राई निर्देशित नयाँ हिन्दी गीतको भिडियो सार्वजनिक भएको छ । पोखरामा छायांकन भएको ‘तेरे दर्द मैँ’ बोलको गीतको भिडियो युटुब मार्फत सार्वजनिक गरिएको हो । भारतिय कम्पनी ‘लुज मोसन ९९ इन्टरटेन्टमेन्ट’ ले भिडियोको निर्माण गरेको हो । भिडियोको सुटिङ ३ बर्ष अघिनै भएको थियो । कोभिडको कारणले गर्दा भिडियो सार्वजनिक भने ढिलो भएको बताइएको छ । ए एम तुराजको शब्द रहेको गीतमा राजु सरदारले संगीत भरेका हुन् भने गीतलाई अल्टमाश फरिदीले गाएका छन् ।

भिडियोमा स्वाति कोथारी र सुसील कुमार ऐलानीको अभिनय रहेको छ । भिडियो छायांकन नेपालमै भएको हो । नेपालकै सम्पुर्ण टेक्नीकल टीमले भिडियोको निर्माण गरेको हो । भिडियोका छायांकार संजय लामा हुन भने भिडियोलाई निर्देशक बिज्ञान राईले नै सम्पादन गरेका छन् । राजेन्द्र मोक्तानले भिडियोमा रंग संयोजनको काम गरेका छन् ।

यसअघि यहि कम्पनीसंग निर्देशक बिज्ञानले दुई वटा भिडियोको निर्देशन गरिसकेका छन् । जसमा ‘फास्लो पे’ र ‘प्यारका नसा’ रहेका छन् । दुबै गीतले उत्कृष्ट प्रतिक्रिया पाएका छन् । अब चाडै अरु हिन्दी भिडियो कोभिडको भय केही कम हुने बितिकै छायांकनमा जाने निर्देशक बिज्ञानले बताए ।

नेपाली निर्देशकले हिन्दी गीतको भिडियो निर्देशन गर्नु गौरभको कुरा हो । बिज्ञान र उनको टेक्नीकल टिमले हिन्दी भिडियोमा काम गरेसंगै क्षमता भएका र क्रिएटिभ काम गर्न सक्ने नेपाली टेक्निकल टिमको लागि भारतिय बजारमा बाटो खुल्ने संकेतको रुपमा हेर्न सकिन्छ । बिज्ञान राई निर्देशनसंगै सम्पादनमा समेत दक्ष सम्पादकका रुपमा चिनिन्छन् ।