सरोगेसीबाट आमाबुवा बनेका बलिउड स्टार

भारतीय अभिनेत्री प्रियंका चोपडा र निक जोनस सरोगेसीमार्फत छोरीको आमाबुवा बनेका हुन् । बलिउडमा यस्ता धेरै कलाकारहरु छन्, जसले आफ्नो परिवार चलाउन सरोगेसी अपनाएका हुन् ।

शाहरुख खान

भारतीय अभिनेता शाहरुख खानलाई बलिउडका ‘किङ खान’को नामले चिनिन्छ । शाहरुख खान पनि सरोगेसीमार्फत बुवा बनेका अभिनेता हुन् । गौरी खान र उनको दुई सन्तान आर्यन र सुहाना जन्मिसकेपछि सन् २०१३ मा उनिहरुले कान्छो छोरा अबरामको लागि सरोगेसी रोजेका थिए ।

शिल्पा सेट्टी

भारतीय अभिनेत्री शिल्पा सेट्टी सन् २०२० मा सरोगेसीमार्फत दोस्रो पल्ट आमा बनेकी थिइन् । शिल्पा र राज कुन्द्राले सरोगेसीमार्फत छोरी जन्माएका हुन् ।

करण जोहर

बलिउडका चर्चित फिल्म निर्माता करण जोहरले पनि सरोगेसीमार्फत जुम्ल्याहा सन्तानका बुबा बनेका हुन् । जोहर एकल पिता हुन् ।

सनि लियोन

सनि लियोन र उनका श्रीमान डेनियल वेबर सन् २०१८ मा सरोगेसी मार्फत जुम्ल्याहा छोराका आमाबुवा बनेका थिए ।

तूषार कपूर

नायक तुषार कपूर पनि सरोगेसीमार्फत छोराका बुवा बनेका हुन् । उनी पनि एकल पिता हुन् ।

आमिर खान

बलिउडका चर्चित अर्का अभिनेता आमिर खानले पूर्वपत्नि किरण रावसँग सरोगेसीमार्फत छोरा जन्माएका थिए । आमिरको पहिलो श्रीमती रिना दत्तासँग दुई सन्तान जुनैद र आयरा छन् ।