महानायक राजेश हमाल बने एपोलो पेन्ट्सको ब्रान्ड एम्बेसडर

महानायक राजेश हमाललाई एपोलो पेन्ट्स प्रालिले आफ्नो ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ।

शुक्रबार एक कार्यक्रम आयोजना गरी एपोलो पेन्टस् प्रालिले राजेश हमाललाई कम्पनीले आफ्नो ब्राण्ड एम्बेसडरको रूपमा अनुबन्धित गरेको हो। “एपोलो पेन्ट्ससँग राजेश हमाल, राजेश हमालसँग एपोलो पेन्टस” भन्ने भावना उत्पन्नगरी उपभोक्ता तथा आमजनमानसमा अझ बढी लोकप्रिय ब्राण्ड बनाउन हमाललाई ब्राण्ड एम्बेसडरको रुपमा अनुवन्धित गरिएको कम्पनीले जनाएको छ।

हमालको अनुबन्धनले उपभोक्ता माझ उत्पादनको लोकप्रिय हुने विश्वास कम्पनीले लिएको छ।

एपोलो पेन्ट्स भरतपुर ९ चितवनमा २०६१ वैशाख ७ मा दर्ता भई स्थापना भएको थियो। कम्पनीले इनामेल, प्राइमर र सिमेन्ट पेन्ट्स उत्पादन गरी व्यवसाय सुरु गरेको थियो। अहिले आधुनिक घरलाई सुहाउँदो तथा आवश्यकताअनुसार अन्तर्राष्ट्रिय गुणस्तरको उच्चकोटीका रङ उत्पादन गर्दै आएको छ।

नेपाल गुणस्तर तथा अन्तर्राष्ट्रिय गुणस्तर प्राप्त गरी नेपाली पेन्ट्स मध्यको अग्रहणी स्थानमा रहन सफल भएको कम्पनीले जनाएको छ । कम्पनीको प्रमुख उद्देश्य स्वदेशी पूँजीबाट वस्तहरू उत्पादन गरी स्वदेशमा नै रोजगारी सृजना गर्ने उद्देश्यका साथ स्थापना भएको हो । हमाललाई अनुबन्ध गरेपछि अझै लोकप्रियता हासिल हुने कम्पनीले जनाएको छ।

नेपाली पेन्ट्स कम्पनीमाझ एपोलोको बजार हिस्सा ८ देखि १० प्रतिशत रहेको अनुमान छ। यसका उत्पादन नेपालको सातै प्रदेश शाखा कार्यालय, बिक्री कक्ष राखी पूर्व मेचीदेखि पश्चिमा महाकाली, उत्तरमा भोट र दक्षिण तराई मधेशसम्म विक्री वितरण तथा सेवा विस्तार गरेको कम्पनीका उत्पादनको बजार हिस्सा करिब १० प्रतिशत छ ।

उपभोक्ताको चाहना अनुसार विभिन्न ग्रेडका तथा हजारौ कलर सेंड, आधुनिक मेशीन मार्फत उत्पादन गरि बिक्री वितरण गर्दै आएको छ । आफ्ना उत्पादन प्रकृतिमैत्री, हेल्दी, लिड फ्रि रहेको दाबी कम्पनीको छ ।