दोश्रो पटक मनोज गजुरेललाई कोरोना संक्रमण

Mero Film

चर्चित हास्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण भएको छ । सामाजिक सञ्जालमार्फत गजुरेलले आफुलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् ।

गजुरेलले सामाजिक सञ्जालमा लेखेका छन्: ‘ओमिक्रोनको आक्रमणबाट होम आईसोलेसनमा पस्नु भएका, अस्पतालमा बस्नु भएका तथा आईसियुमा पुग्नु भएका हामी सबैलाई सिघ्र स्वास्थ्यलाभको कामना गर्न तथा गराउन हार्दिक अनुरोध छ ।’

नोटः ‘पहिलोजस्तो सातो लिने र दोश्रोजस्तो ज्यानै लिनेचाहीँ हैन तर थलाचाहीँ राम्रैसँग पार्दो रहेछ । ढुक्कसँग उपचार गरौँ, केही नहुन्जेल केहीपनी हुँदैन ।’

गजुरेललाई यसअघि पनि कोरोना संक्रमण भएको थियो । उनी केही समय अस्पताल बसेर डिस्चार्ज भएका थिए ।


Leave a Reply

Your email address will not be published.