भोजपुरी अभिनेता दिनेशलालसँग जोडी बाँध्दै शिल्पा पोखरेल


अभिनेत्री शिल्पा पोखरेलले भोजपुरी फिल्ममा अभिनय गर्ने भएकी छन् । उनले दुई फिल्ममा दिनेशको जाडीको भूमिका निर्वाह गर्ने भएकी छन्।

शिल्पा र दिनेशलाल फिल्म ‘निरहुआ चलल लन्दन–२’ र ‘हनुमान की गली’मा जोडी बाध्ने भएका हुन्।

यी दुवै फिल्म सोनु खत्रीले निर्देशन गर्नेछन् । दुवै फिल्ममा शिल्पा औपचारिक रूपमा अनुबन्धित भएकी छन् ।

शिल्पाले रहरले भन्दा पनि भोजपुरीमा आफ्नो स्थान बनाउन काम गर्न लागेको प्रतिक्रिया दिएकी छन् ।

शिल्पा अभिनित यी दुई चलचित्रमा अभिनेत्री अम्रपाली दुवेको पनि भूमिका देख्न पाइनेछ ।