जितु र साम्राज्ञीको फिल्म ‘ह्यारी कि प्यारी’को शुभ मुहर्त संगै छायाँकन सुरु

फिल्म ‘ह्यारीकी प्यारी’को शुभ मुहर्तसँगै आजबाट छायाङ्कन शुरु भएको छ। कपिल रिजालको निर्देशनमा बन्न लागेको फिल्ममा जितु नेपाल र साम्राज्ञी राज्य लक्ष्मी शाहको मुख्य भुमिका रहेको छ। फिल्मका निर्देशन स्त्री रोग विशेषज्ञसमेत रहेका डा. रिजालका छोरा दन्त चिकित्सक डा. कपिल रिजाल हुन् ।

यो फिल्म पर्वत जिल्लाको भूक देउराली भन्ने ठाउँमा छायाँकन भई रहेको छ। लण्डनमा बसोबास गर्दै आएका कपिल रिजालको निर्देशनमा यो फिल्ममा डेब्यु गरेका छन्। उनले यस अघि फिल्म ड्रिम्समा लगानी गरेका थिए। फिल्ममा जितु र साम्राज्ञी संगै विजय बराल, लक्ष्मी गिरि, सुभास गजुरेल, डिल्ली खनालको पनि मुख्य भूमिका रहेको छ।

फिल्ममा जितु र साम्राज्ञी प्रेमीप्रेमिकाको भूमिकामा देखिनेछन्।  यस फिल्मलाई सुदीप बरालले खिचिरहेका छन्।

यो फिल्मका लागि साम्राज्ञीले महंगो पारिश्रमिक वुझेकी छिन् । ‘छक्का पन्जा’को टिम भन्दा बाहिरको फिल्म काम नगरी बसिरहेका जितुले यो टिम भन्दा बाहिरको फिल्म काम गरेका छन्। हाल छायाँकनमा साम्राज्ञीको सीन नपरेकोले उनि भने छायाँकन सेटमा पुगेकी छैनन्। उनि केहि दिन पछि बाट मात्र छायाँकनमा सरिक हुने छिन्।