अदालतले उन्मुक्ति दियो शिल्पा शेट्टीलाई चुम्बन मुद्दामा

हलिउड स्टार र एड्स सचेतना अभियानकर्ता रिचर्ड गेरेले सार्वजनिक रूपमा चुम्बन गरेपछि शिल्पा शेट्टी विरुद्ध दायर गरिएको अश्लील मुद्दामा मुम्बई अदालतले छुट दिएको छ। यो घटना सन् २००७ मा राजस्थानमा भएको एक प्रमोशनल कार्यक्रममा भएको थियो ।

सार्वजनिक स्थानमा हलिउड अभिनेता रिचर्ड गेरलाई चुम्बन गरेर अश्लीलता फैलाएको आरोप लगाउँदै शिल्पाविरुद्ध मुद्दा दर्ता भएको थियो। अदालतले शिल्पालाई लगाइएका आरोपमा दम नभएको भन्दै १५ वर्षपछि मुद्दा खारेज गरेको हो ।

सन् २००७ मा राजस्थानमा भएको एउटा कार्यक्रममा रिचर्ड गेरले शिल्पालाई चुम्बन गरेका थिए । यो घटना राष्ट्रिय चर्चाको विषय बनेपछि उनका विरुद्ध राजस्थानमा दुई र गाजियाबादमा एक मुद्दा दर्ता भएका थिए ।

उजुरी परेपछि महानगरीय मजिस्ट्रेट केतकी चव्हाणले अभियुक्त नम्बर एक रिचार्ड गेरेको कथित कार्यबाट अभिनेत्री पीडित भएको निष्कर्ष निकाले ।

उनले राजस्थानसँगै गाजियाबादमा घटनाको बारेमा आफ्ना तर्क प्रस्तुत गरेकी थिइन् । राजस्थानको अदालतले शिल्पाको बयानसँगै बाँकी आरोपमा पनि कुनै तर्क नभएको भन्दै मुद्दा खारेज गरेको हो । अदालतले गेरले चुम्बन गर्दा नरोकेको बाहेक बाँकी गतिविधि क्षम्य रहेकाले उनलाई आरोपबाट मुक्त गर्ने निर्णय गरेको हो ।

शिल्पा अघिल्लो वर्ष भने श्रीमानका कारण समाचारमा छाएकी थिइन् । श्रीमान राज कुन्द्रालाई पोर्न फिल्मको व्यापार गरेको आरोपमा प्रहरीले समातेपछि शिल्पासमेत विवादमा तानिएकी थिइन् । राज अहिले धरौटीमा रिहा भएका छन् ।