ऐतिहासिक फिल्म ‘सिन्धुलीगढी’ लाई छायांकनको अनुमति

सिन्धुलीगढी नेपाल-अंग्रेज युद्धको जीवित दस्तावेज हो । इतिहासको कालखण्डमा निकै कुख्यात घटनाको रूपमा परिचित (सिम्रौनगढका सेना) डोयहरूको काठमाडौँं आक्रमण अर्थात विसं १३६७ देखि मात्र होइन राणाकाल तथा शाहकालीन समयसम्म राननैतिक, प्रशासनिक, सामरिक तथा ऐतिहासिक महत्त्व बोकेको सिन्धुलीगढी बारे लामो समयदेखिको खोज, अध्ययन तथा अनुसन्धान पश्चात ऐतिहासिक नेपाली फिल्म ‘सिन्धुलीगढी’ ले नेपाल चलचित्र विकास बोर्डबाट विधिवत रुपमा छायांकन अनुमति प्रमाणपत्र प्राप्त गरेको छ ।

सास इन्टरटेमेन्ट सिनेमाको ब्यानरमा सास अधिकारिले निर्माण गर्ने फिल्मको लेखन तथा निर्देशन विश्वमणि घिमिरेले गर्ने भएका छन् । यस फिल्मका मुख्य कलाकारहरुको छनोट अडिसनबाट भैरहेको बताइएको छ ।

फिल्मको छायांकन सिन्धुली, काभ्रे तथा काठमाडौंमा गरिने छ भने यो फिल्मलाई दक्षिण भारतीय फिल्मका निर्देशक एसएस राजामौलीले सहयोग गर्ने बताइएको छ । फिल्मको सम्पूर्ण पोष्ट प्रोडक्सन मुम्बईमा गरिने भएको छ । यो फिल्मलाई हिन्दी तथा अङ्ग्रेजी भाषामा समेत डब गरिने बताइएको छ ।