आदित्य नारायण बाबु बन्दै

नेपाली मूलका भारतीय गायक उदितनारायण झाका छोरा आदित्य नारायण बाबु बन्ने भएका छन् ।

टेलिभिजन प्रस्तोता तथा गायक आदित्य नारायण आफ्नी श्रीमती श्वेता अग्रवालको बेबी पम्पको तस्वीर सेयर गर्दै उनले नयाँ सन्तानको स्वागतका लागि आफूहरु आतुर रहेको उल्लेख गरेका छन् ।

आदित्यले तस्वीर शेयर गर्दै लेखेका छन्, ‘श्वेता र मलाई यो तस्वीर शेयर गर्न पाउँदा अत्यन्तै खुशी लागेको छ । हामी चाँडै नै आफ्नो पहिलो बच्चालाई स्वागत गर्दैछौं ।’

उनले सामाजिक सन्जालमा आफ्नी श्रीमती श्वेतासँगको एउटा तस्वीर सेयर गरेका छन् । अहिले यो तस्वीरको चर्चा निकै बढेको छ । बेबी बम्पको तस्वीर सेयर गरेपछि आदित्यलाई बलिउडका सेलेब्रिटीहरुले बधाई दिएका छन् । कतिपयले चाहिँ उनीहरुको बच्चा छोरा हुने या छोरी हुने भन्नेबारे चर्चा गरेका छन् ।

आदित्य र श्वेताबीच सन् २०२० डिसेम्बरमा विवाह भएको थियो । विवाहअघि श्वेता फिल्ममा काम गर्थिन् । उनले राघवेन्द्र, तन्दुरी लभ, शापित लगायतका फिल्महरुमा अभिनय गरेकी छन् । आदित्य नारायण भने विशेषगरी सिंगिङ रियालिटी शोको होस्ट गरिरहेका छन् ।

आदित्यले सामाजिक सन्जालमा सेयर गरेको यो तस्वीरमा चाहिँ उनका प्रशंसकहरुले छोरा हुने दाबी गरेका छन् । आदित्यले चाहिँ छोरी पितासँग नजिक हुने भएकाले आफूले छोरी चाहेको उल्लेख गरेका छन् ।