साउथका सुपरस्टार चिरञ्जीवीलाई कोरोना संक्रमण

Mero Film

दक्षिण भारतीय फिल्मका सुपरस्टार चिरञ्जीवी कोनीडेलालाई कोरोना संक्रमण पुष्टि भएको छ । आफू संक्रमित भएको उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रिय फ्यान, सबै सावधानी अपनाउँदा पनि मेरो कोरोना रिपोट पोजेटिभ आएको छ । मलाई हल्का लक्षण देखिएको थियो’।

उनले पछिल्लो समय आफ्नो सम्पर्कमा रहेकालाई कोरोना टेष्ट गर्न अनुरोध पनि गरेका छन् । यस्तै, चिरञ्जीवी छिट्टै नयाँ फिल्म ुआचार्यु मा देखिने भएका छन् ।


Leave a Reply

Your email address will not be published.