‘पुष्पा’को कमाई आक्रामक, अल्लूलाई सय करोड सहित अफर

फिल्म ‘पुष्पा स् द राइज’ को सफलतापछि सुपरस्टार अल्लू अर्जुनलाई थप उचाईमा पुर्याएको छ । अहिले उनलाई आकर्षक पारिश्रमिकसहित ठूला फिल्मबाट अफर आइरहेको छ । उनलाई सय करोड पारिश्रमिकसहित फिल्म अफर भएको कोइमोइले जनाएको छ ।

लायकाको नयाँ फिल्मलाई एटलीले निर्देशन गर्नेछन् । अल्लू अर्जुन एक अब्बल दर्जाका कलाकार हुन् भने एटली साउथको सफल निर्देशकको रुपमा चिनिन्छन् । एटलीले ‘थेरी, मेर्सल, बिगिल’ जस्ता ब्लकबस्टर फिल्मको निर्देशन गरिसकेका छन् । यसकारण उनीहरुबीचको सहकार्य उत्कृष्ट सावित हुने अनुमान गरिएको छ । तर, अल्लू अर्जुनले फिल्ममा काम गर्ने पक्का भइसकेको छैन ।

रश्मिका मन्दानाको पनि मुख्य भूमिका रहेको ‘पुष्पा’ ले बक्सअफिसमा आक्रामक कमाई गर्दै कयौं फिल्मको रेकर्ड तोडेको छ । हिन्दी भाषामा मात्र फिल्मले ९० करोडमाथिको कमाई गरेको छ ।