स्वस्तिमाको ‘आइटम’ नृत्य भएको मलयालम फिल्म ‘थिरिमाली’ नेपाली गीत (भिडियोसहित)

Mero Film

अभिनेत्री स्वस्तिमा खड्काको आइटम नृत्य रहेको ‘रंग विरंगी’ साउथ इन्डियन (मलयालम) फिल्म ‘थिरिमाली’ ले नेपालमा राम्रो हाइप बनाएको छ ।

प्रदर्शन मिति घोषणा नगर्दै टिजर र गीत सार्वजनिक गरिसकेको निर्माण टिमले बिहीवार दोस्रो गीत ‘थेदुन्नू’ सार्वजनिक गरेको छ । गीत नेपाली र मलयाली भाषामा बनेको छ । मलयालम भागको शब्द विवेक मुजक्कुन्नूले लेखेका छन् भने नेपाली रचनाकारमा अनुप न्यौपाने छन् । गीतको मलयालम पार्ट श्रीजीत एडवानाले गाएका छन् । नेपाली भाषामा भने सागर कामीको स्वर रहेको छ ।

यस फिल्ममा अभिनेता माओत्से गुरुङको समेत मुख्य भूमिका रहेको छ ।

राजीव शेठ्ठीको निर्देशनमा तयार भएको ‘थिरिमाली’ लाई गत वर्ष नेपालको पोखरा, काठमाडौं, लुक्लामा छायांकन गरिएको थियो । हिन्दी, मलयालम, कन्‍नड, तमिल र तेलूगू भाषामा प्रदर्शन भएको छ ।  फिल्ममा भारतीय कलाकारहरु विविन जर्ज, जोनी एन्टिवनी, सलिम कुमार, इनोसेन्ट, सोहन सीनुलाल, हरीश कणरण, अन्ना राजनको अभिनय छ । फिल्मलाई फजल अलीले छायांकन गरेका हुन् ।


Leave a Reply

Your email address will not be published.