आरोही निर्मल पुर्जाले भेटे सलमान, नेपाल आउन दिए निम्तो

नेपालका चर्चित कीर्तिमानी हिमाल आरोही निर्मल पुर्जाले बलिउड अभिनेता सलमान खानलाई भारतको मुम्बईमा भेटेका छन्।

बलिउड अभिनेता खानलाई भेटका क्रममा उनले आफ्नो बायोग्राफी बियोन्ड पोसिबल सलमान खानलाई उपहारस्वरुप दिएका छन् ।  आफ्नो जीवनी बारेको पुस्तक हस्तान्तरण गर्दै आरोही पूर्जाले नेपाल आउन सलमान खानलाई निम्तो समेत दिएका छन् ।

नेपालका खर्बपति विनोद चौधरीका छोरा एवम् चौधरी ग्रुपका निर्देशक निर्वाण चौधरी मार्फत पूर्जाले सलमानलाई भेटेका हुन्चौधरी ग्रुपका निर्देशक निर्वाण चौधरी । सलमान र निर्वाणबीच राम्रो सम्बन्ध छ ।

बितेको ७ महिनामा विश्वका १४ अग्ला हिमाल चढेर विश्व रेकर्ड बनाइसकेका पुर्जाले आफ्नो जीवनी समेटिएको पुस्तक उपहारस्वरुप दिँदै सलमानलाई नेपाल भ्रमणको पनि निम्तो दिएका छन्। पछिल्लो समय पुर्जा नेपाल चिनाउने अभियानमा छन्। उनले विश्वका सेलिब्रिटीलाई ल्याएर नेपालमा ठूलो कार्यक्रम गर्ने योजना बनाएका छन्।

त्यही कार्यक्रममा सहभागिताका लागि पुर्जाले सलमानलाई डाकेका हुन्। सलमानबाट निर्मलले ग्रीन सिग्नल पाएका छन्। यसअघि उनले डिस्कभरि च्यानलको ‘म्यान भर्सेज वाइल्ड’का प्रस्तोता बियर ग्रिल्जलाई नेपाल बोलाइसकेका छन्।

उनले यसबारेको जानकारी इन्स्टाग्रामार्फत दिएका छन्। ‘सलमान भाइसँगै आनन्ददायी भेट भयो। मेरो देशमा चाँडै भेट हुनेछ,’ उनले लेखेका छन्, ।  आरोही निर्मल पुर्जा केही महिनायता ओटिई प्लाटफर्म नेटफिल्क्समा उपलब्ध डकुमेन्ट्री ‘फोर्टिन पिक्स: नथिङ इज इम्पोसिबल’का कारण चर्चामा छन्।

७ महिनामा विश्वका ८ हजारभन्दा अग्ला सबै १४ वटा हिमाल चढेर विश्व कीर्तिमान बनाएका पुर्जाले दिएको निम्तोमा सलमान खान सकारात्मक रहेको बुझिएको छ । यसअघि सलमा ‘दबङ्ग रिलोडेड’ मनोरञ्जनात्मक कार्यक्रममा सहभागी हुन नेपाल आउने तयारीमा थिए। तर त्यो कार्यक्रम आयोजक विवादमा मुछिएपछि उनी नेपाल आउन पाएका थिएनन्।