बलिउड अभिनेत्री काजोललाई कोरोना संक्रमण, छोरी न्यासालाई मिस गर्दै

बलिउड अभिनेत्री काजोललाई कोरोना संक्रमण पृष्टि भएको छ । उनले आफैंले सामाजिक सञ्जालमा पोस्ट गर्दै यो जानकारी दिएका छन् । उनले आफ्नो कोभिड–१९ रिपोर्ट पोजेटिभ आएको बताएकी हुन् । यससँगै पोष्टमा छोरी न्यासाको तस्बिर सेयर गर्दै आफूले धेरै मिस गरिरहेको बताएकी छन् ।

काजोलले आफ्नी छोरीको तस्बिर सेयर गर्दै पोस्टमा लेखेकी छिन्,“मेरो कोभिड–१९ परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ। म कसैलाई मेरो रातो नाक देखाउन चाहन्न, त्यसैले संसारकै सबैभन्दा मीठो मुस्कान बाँड्नु उचित ठानेँ। “न्यासा देवगन ।“

प्रियंका चोपडाले काजोलको यो पोस्टमा कमेन्ट गर्दै न्यासाको तारिफ गरेकी छिन् । अभिनेत्रीले लेखेकी छिन्, ‘उनी आश्चर्यजनक छिन् । धेरै फ्यानले कमेन्ट गर्दै काजोलको शिघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।
पछिल्ला केही महिनामा अहिलेसम्म धेरै बलिउड सेलिब्रेटीहरू कोरोनाको चपेटामा परेका छन् । करिब २ महिनाअघि काजोलकी बहिनी तनिषा मुखर्जीलाई पनि कोरोना पोजेटिभ देखिएको थियो । काजोलकी छोरी न्यासा अहिले आफ्नो पढाइको सिलसिलामा सिंगापुरमा छिन् ।

अजय देवगन र काजोलका दुई सन्तान न्यासा र युग छन् । युग हाल मुम्बईमा आफ्नो आमाबुवासँग बस्छन् । अर्कोतर्फ, काजोलका पति अजय देवगन आजकल आफ्नो ओटीटी डेब्यूमा व्यस्त छन्। हालै उनको वेब सिरिज ‘रुद्र’ को ट्रेलर सार्वजनिक भएको छ । जसलाई फ्यानहरुले निकै रुचाएका छन् ।

काजोल पछिल्लो पटक फिल्म ‘त्रिभंगा’ मा देखिएकी थिइन् । उनको फिल्म १५ जनवरी २०२१ मा रिलिज भएको थियो। अब उनी छिट्टै रेवतीको फिल्म ‘द लास्ट हुर्रे’ मा देखिदैछिन् ।