ब्लकबस्टर तमिल फिल्म ‘सोरारई पोटरु’ को हिन्दी रिमेकमा अक्षय

साउथ सुपरस्टार सूर्या अभिनीत तमिल ब्लकबस्टर फिल्म ‘सोरारई पोटरु’ को हिन्दी रिमेकमा अक्षय कुमारले काम गर्ने कुरा बाहिरिएको छ ।

सो फिल्ममा काम गर्न अक्षयले स्वीकृति जनाएको भारतीय मिडियाले दाबी गरेका छन् । ऋतिक रोशनदेखि अजय देवगनसहित कयौं सुपरस्टारको नाम जोडिएको यो फिल्म घुम्दै फिर्दै अक्षय कुमारसम्म पुगेको हो । केही दिनमा निर्माण टिमले फिल्मको औपचारिक निर्माण घोषणा गर्न सक्ने बताइएको छ ।

यो फिल्म एयर डेक्कनका संस्थापक क्याप्टेन जीआर गोपीनाथ र सुधा कोन्गरा प्रसादको जीवनीमा आधारित छ । सुधा कोंगराद्वारा निर्देशित फिल्ममा सूर्याका अलावा अपर्णा बालामुराली, परेश रावल, कृष्णकुमार बालसुब्रमण्यम लगायतको अभिनय रहेको छ । कोरोना महामारीका कारण हलमा प्रदर्शन गर्न असम्भव भएपछि फिल्मलाई अमेजन प्राइम भिडियोमा रिलिज गरिएको थियो ।