तेजस्वी प्रकाशले जितिन् बिग बोस-१५ को उपाधि

भारतको चर्चित टेलिभिजन रियालिटी सो बिग बोस-१५ उपाधि तेजस्वी प्रकाशले जितेकी छन् । गएराति भएको फिनालेमा प्रतीक सहजपाल, करण कुद्रा र निशान्त भट्टलाई पछि पार्दै तेजस्वीले १५ औं सिजनको बिग बोसको उपाधि जितेकी हुन् ।

उपाधिसँगै उनले पुरस्कार स्वरूप ४० लाख भारु प्राप्त गरेकी छन् । प्रतीक सहजपाल फस्ट रनरअप र करण कुद्रा सेकेन्ड रनरअप भएका छन् ।

फाइनलमा सबैभन्दा पहिले बाहिरिएका निशान्त भने १० लाख भारु लिएर विजेता बन्ने होडबाट हटेका थिए ।