बलिउड फिल्म ‘काजी’मा अभिनय गर्दै थापा

नेपाली फिल्म उद्योगका चर्चित कलाकार सुनिल थापाले बलिउड फिल्ममा फेरी अभिनय गर्ने भएका छन् । थापाले बलिउड फिल्म ‘काजी’ मा काम गर्ने भएका हुन् । फिल्मको सुटिङ लागि अहिले सुनिल मुम्बईमा छन् ।

मुम्बई पुगेका सुलिनले नेपाली फिल्म ‘लाखे’मा अभिनय नगर्ने भएकै कारण ‘लाखे’ निर्माण युनिटले उनको सट्टामा फिल्ममा प्रशान्त ताम्राकार राखेको छ ।

केही अगाडि सुनिलले बलिउड सुपरस्टार सलमान खानको प्रोडक्सन हाउसबाट निर्माण हुने फिल्म ‘क्वाथा’ गर्ने चर्चा समेत चलेको थियो । सो समय ‘क्वाथा’ फिल्म अभिनयका लागि आफुलाई अफर आएको सुनिल आफैले सार्वजनिक गरेका थिए ।

बलिउड फिल्म ‘मेरी कोम’ बाहेक केही बलिउड फिल्म अभिनय गरेका सुनिल नेपाली फिल्मका लोकप्रिय खलपात्र हुन् ।