अभिनेत्री उर्वशी रौटेला ४० करोडको गाउनमा (फोटो फिचर)

बलिउड अभिनेत्री उर्वशी रौटेला समय समयमा आफ्नो बयान र फेशनका कारण चर्चामा रहने गरेकी छिन् । यसै बीच उनी आफ्नो सुन्दरतालाई ४० करोड रुपैयाँको पहिरनले सुनमा सुगन्ध थपेपछि झन् चर्चित भइन् ।

४० करोडको पहिरनको सुन्दरतामा उनका प्रशंसकहरु मोहित बनेका हुन् । हालै, उर्वशी अरब फेसन वीकमा समावेश भएकी थिइन् । उनी अरब फेसन वीकमा दोस्रो पटक समावेश हुने पहिली भारतीय महिला बनेकी छिन् । अहिले उनको पहिरनको चर्चा भने निकै चुलिएको हो ।

उर्वशीले यो अरब फेसन वीकमा हाई थाई स्लिट गोल्डन गाउन लगाएकी छिन् ।