सारेगमप लिटिल च्याम्प्सको उपाधि कृपा पौडेलले जितिन्

सारेगामापा लिटिल च्याम्प्स नेपाल पहिलो सिजनको विजेता कृपा पौडेल भएकी छन् । उनी दर्शक र श्रोताको भोटिङको आधारमा विजेता घोषित भएकी हुन् ।

यस्तै, प्रतियोगितामा दावेदार मानिएका आदित्य विश्वकर्मा सेकेन्ड रनर अप र रोशा फुयाल फस्ट रनर अप भए । अभिज्ञा घिमिरे र अरुण सुनार टप फाइभ भित्र पर्न सफल भए ।

आदित्य बिक, अविज्ञा घिमिरे, रोशा फुयाँल, अरुण सुनार र कृपा पौडेलबी फाइनलमा प्रतिस्पर्धा भएको थियो ।

शनिबार साँझ भएको ग्रान्ड फिनालेमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि हात पारेकी हुन् । उनले उपाधिसँगै १५ लाख नगद प्राप्त गरिन् ।

फ्रेन्चाइज शो सारेगमप लिटिल च्याम्समा न्ह्यू बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बास्कोटा निर्णायक थिए ।

यस्तै, १५ जना ग्रान्ड जुरी थिए । नेपालसँगै भारतबाट पनि थुप्रै नेपाली भाषीले प्रतिस्पर्धामा सहभागी जनाएका थिए ।