पल शाहलाई सात दिन हिरासतमै राखेर अनुसन्धान गर्न अदालतको अनुमति

नायक पल शाहलाई जबर्जस्ती करणी सम्बन्धी मुद्धामा हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप भएको छ ।

जिल्ला अदालत तनहुँले नाबालिग गायिकालाई बलात्कार गरेको आरोप लागेका अभिनेता पल शाहलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

चार दिनअघि नाबालिग एक गायिकाले उनीविरुद्ध बलात्कारको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी थिइन् ।

उनले जाहेरी दिएसँगै प्रहरीले अभिनेता शाहलाई पक्रन सर्कुलर जारी गरेको थियो । प्रहरीको सर्कुलरसँगै उनी फरार रहेका थिए । तर, उनले आइतबार मध्यान्ह जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका थिए । शाह आइतबार जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएपछि उनलाई म्याद थपका लागि अदालत लगिएको थियो ।

म्याद थपका लागि उनलाई प्रहरीले हत्कडी लगाएरै अदालतमा पेश गरेको थियो । प्रहरीले अधिकतम २५ दिनसम्म शाहलाई हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ ।

यो पनि पढ्नुस्

पल शाहविरुद्ध गैंडाकोटमा पनि किटानी जाहेरी दर्ता