बर्षा सिवाकोटीमा भगवान शिव प्रकट (फोटो फिचर)

महाशिवरात्रि अथवा शिवरात्री हिन्दुहरूको प्रमुख चाड हो। यो भगवान शिवको प्रमुख पर्व हो। भगवान शिवको उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रि मध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ।
फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ। व्रत उत्सव मध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा-अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्दछन्।
सृष्टिको प्रारम्भमा यसै दिन मध्यरात्रि कालमा भगवान् शङ्कर ब्रह्माबाट रुद्रका रूपमा अवतरण भएका थिए भन्ने धार्मिक विश्वास रहेको छ। प्रलयकालमा यसै दिन प्रदोषको समयमा भगवान शिव ताण्डव गर्दै ब्रह्माण्डलाई तेस्रो नेत्रको ज्वालाबाट समाप्त गर्दछन्।
यस्तैमा अभिनेत्री बर्षा सिवाकोटीले पनि शिव रुप धारण गरेकी छिन् । बर्षले सामाजिक सञ्जाल फेसबुक्कमा महाशिवरात्रीको शुभकामना दिदै तीन तस्बिर सार्वजनिक गरेकी छन् ।
सार्वजनिक गरेका तस्बिरमा उनलाई भगवान शिव अवतार गरेको देख्न सकिन्छ ।

चुलबुले पूजा
_pmeOvxzmgm_iekxoofooiuz7d1mwbioyjlkhtcxonicdnsjkwczmrdfv4loqjpqc8jijf6h_XAR75gS8eH_kquojonuwsoxqaxwqxnxbr2bj3bmwvqjvk9glo0wfmze6ldfuux9x1m1zvvc.jpg)
आँचलमा देखिएको परिवर्तन (फोटो फिचर)
_BERoAEifJx_k7na7okdduy8zimyyy0rnuy65xdagr9quzbxx6awqxrv8ox1uyjei64hpp0l_ogiF0V4MkM_d7f9prbckxbzk4rjoglodabtcjeypuncxrkfibawhwccchutrobrgzr70yse.jpg)
फिल्ममा असफल देखिएकी अदिती ग्ल्यामरमा सफलै सफल (फोटो फिचर )

ज्याकलिन फर्नान्डिजको ग्ल्यामरस अवतार (फोटो फिचर )

पक्राउ परेका कलाकारलाई म्याद थपका लागि सरकारी वकील कार्यालय लगियो (फोटो फिच…

वर्षाको जीवन नै खल्लो भएकै हो ? (फोटो फिचर)

थाइल्याण्डमा खुलेकी साम्राज्ञी (फोटो फिचर)

प्रतिक्रिया