नाबालिगको पक्षमा रेखा थापा

अभिनेत्री रेखा थापाले पल शाह र एक नाबालिग गायिकाबीच चलिरहेको लडाइँमा नाबालिगको पक्षमा बोलेकी छिन् । उनले मंगलबार बिहानै सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै घुमाएर नाबालिगको पक्षमा वकालत गरेकी हुन् ।

उनले लेखेकी छिन्, २० बर्ष मुनिका छोरीहरु बालिका हुन, बालिका कानुनतस् सबै प्रकारका सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार राख्दछन । समाजको भूमिका उनिहरुलाई सम्रक्षण गर्ने हो । को सँग लभ छरु कती पटक यौन संपर्क भयोरु यस्ता नैतीकताबादी कुराको कानुनलाई मतलब हुनु हुँदैन । समाजको आडम्बर त कुरा गरी साध्य छैन । केटी मान्छे भने पछी दुनियाँ भरी कतै नभएका नैतीक मापदण्ड र हिलो छ्याप्ने चलन लज्जाजनक रुपमा नेपालमा ब्याप्त छ ।

पल शाहले नाबालिगलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेपछि मनोरञ्जन उद्योगकै थुप्रै कलाकार पल शाहलाई न्याय चाहियो भन्दै सामाजिक सञ्जालमा अभियान चलाइरहेका छन् । त्यसमा पनि केही अभिनेत्री जो पहिले युट्युब कमेन्ट हटाउने अभियान चलाएका थिए, तिनीहरु नै यो विषयमा मौन छन् । तर रेखाले भने २० वर्ष मुनिका बालिकालाई समाजको संरक्षण रहनुपर्ने जिकिर गर्दै उनले समाज नै महिलालाई हिलो छ्याप्ने चलनमा सामेल भएकोमा पनि दुःख व्यक्त गरेकी छिन् ।