‘गल्ली-गल्लीमा न्यायालय, घर-घरमा न्यायाधीश’

पल शाहविरुद्ध एक नाबालिग गायिकाले जबरजस्ती करणी गरेको आरोपमा पल शाह यतिबेला प्रहरी हिरासतमा छन् । नाबालिगले दिएको जाहेरीका आधारमा शाह प्रहरी हिरासतमा पुगेका हुन् । यस घटनाबारे प्रहरीले अनुसन्धान शुरु गरिरहेको छ ।

यो प्रकरणलाई लिएर सामजिक सञ्जालका भिता भितामा व्यापक बहस भइरहेको छ । कानुनी प्रक्रियामा गइसकेको विषयमा मानेछेहरूले सामजिक सञ्जालदेखि सडकसम्म अनावश्यक बहस गरिरहेका छन् । कतिपयले पीडककै पक्ष लिएर पीडित नाबालिग गायिकामाथि थप आहात दिने काम समेत गरेका छन् ।

यसबारे कलाकार दिपकराज गिरीको टिप्पणीबाट बुझ्न सकिन्छ पल शाहका पक्षमा अनावश्यक बहस गरिरहेकामाथि उनले व्य‌ग्य गरेका हुन् । उनले थप

यसबारे दिपकराज गिरीले लेखेका छन्, यो चाहि दोषि हो ,त्यो चाहि ठिक ! एउटा पक्ष संग प्रेम अर्कों संग रिस, गल्लि गल्लिमा न्यायालय !! घर घरमा न्यायाधीश!!!