‘मिस टिन युनिभर्स’ मा नेपालको प्रतिनिधि श्रीयङ्का

दुबईमा आयोजना हुने ‘मिस टिन युनिभर्स २०२२’ मा नेपालको प्रतिनिधित्व श्रीयङ्का थापाले गर्ने भएकी छन् । दुईदेखि सात मार्चसम्म आयोजना हुने ‘मिस टिन युनिभर्स’ मा नेपालसहित विभिन्न २५ राष्ट्रका सुन्दरीहरुको सहभागिता रहने छन् ।

अभ्यानी प्रोडक्सनद्धारा आयोजित मिस नेपाल टिन अन्तर्गतको ‘मिस टिन युनिभर्स २०२१’ को ताज जितेसँगै उनले कार्यक्रममा सहभागी हुने अवसर प्राप्त गरेकी हुन् ।

प्रतियोगितामा श्रीयङ्का नेपाली कला संस्कृतिसहित सहभागी हुन लागेकी छिन्।