नयाँ मण्डलामा नयाँ नाटक (तस्बिरहरू)

मण्डला थिएटरले नवनिर्मित आफ्नै भवनमा नयाँ नाटक मञ्चन गरेको छ । काठमाडौं थापागाउँस्थित मण्डलाको नवनिर्मित भवन उद्घाटनकै अवसरमा बिहीबार नयाँ नाटक ‘रोगन’ मञ्चन गरेको हो । यसअघि मण्डला अनामनगरमा रहेको थिएटरमा सञ्चालित थियो ।
थिएटर ल्याबका आठौं ब्याचका विद्यार्थीहरू सम्मिलित कलाकारहरू मिलेर उद्घाटनमा ‘रोगन’ नाटक मञ्चनगरे। यस नाटकको नियमित मञ्चन भने फागुन २० देखि हुनेछ।
सम्योग गुरागाईँको लेखन रहेको नाटकलाई रंगकर्मी राजन खतिवडाले निर्देशन गरेका छन् ।

बुद्ध र भिखारी– बुद्धलाई प्रश्न सोध्न हिँडेको भिखारीको कथा

मण्डला नाटक घरमा जेठ १६ देखि बुद्ध र भिखारी
तीन युवतीको विगत यात्रा समेटिएको नाटक ‘त्रयम्’ कौशीमा मञ्चन हुँदै

‘बुद्ध थिएटर फेस्टिभल २०२३’ सुरु

आज विश्व रङ्गमञ्च दिवस

प्रतिक्रिया