पल शाह प्रकरण: ‘बालिकाले सिकेको नराम्रो बानीको हामी सबै दोषी छौँ’ – दिपकराज गिरी

अभिनेता पल शाहविरुद्ध नाबालिग गायिकाले जबरजस्ती करणीको आरोपमा उजुरी दिएपछि उनले आफै आत्मसमर्पण गरेर तनहुँ पुगेका थिए । शाह अहिले प्रहरीको न्यायिक हिरासतमा रहेका छन् ।

पल शाह प्रकरणमा अझै पनि धेरै कलाकारहरु मुख खोल्न हिच्किचाइरहेका छन् । कलाकार, निर्देशक तथा निर्माता दिपकराज गिरी भने सामाजिक सञ्जालमा दिन दिनै जसो स्टाटस लेखेर आफ्नो भाव व्यक्त गरिरहेका छन् । गिरीले पीडित गायिकाप्रति सहानुभूति प्रकट गर्दै आफ्नो अभिव्यक्ति सार्वजनिक गरेका छन् ।

पल प्रकरण की पीडितले अहिले जे भोगिरहेकी छिन्, त्यसको दोषको भागीदार आफू लगायत मनोरञ्जन क्षेत्रका सबै व्यक्तिहरु रहेको बताएका हुन्। पीडित गायिकाको पक्ष लिए पनि गिरीले पीडित नाबालिगको नाम आफ्नो स्टाटसमा खुलाएका छन्।

उनले आफ्नो फिल्म छक्का पन्जामा अभिनय गराउँदा ताकाको अवस्था स्मरण गर्दै लामो स्ट्याटस लेखेर यो क्षेत्रमा ल्याएकोमा गर्व महसूस भएको उल्लेख गरेका छन् । तर, उनले ती गायिका पीडित हुनुमा कला क्षेत्रमा रहेका आफूहरू सबै दोषी हुनसक्ने संकेत गरेका छन् ।

गायिकालाई यहाँसम्म पुर्याएकोमा गर्व गर्ने क्षेत्रले उनले सिकेको नराम्रो बानीको ठेक्का लिने कि नलिने भन्दै प्रश्न उठाएका छन् । पीडितको यो क्षेत्रको यात्रालाई सरसर्ती लेख्दै उनको सफलतामा गौरव रहे पनि पीडामा दोषी महशुस गरेको बताएका छन्।

‘एउटा सामान्य बालिकालाई प्रोफेसनल कलाकारजस्तै बनाएर रातारात चर्चित बनाउने हामी सबैलाई एकमुष्ट बधाई र धन्यबाद छ !’ उनले लेखेका छन्, ‘तर, मिडियामा आए झैँ ब्वाइ फ्रेन्डहरू राख्ने, सम्बन्ध बनाउने, षड्यन्त्र नै गर्ने, नाबालिग भएर पनि यस्तो गर्ने, त्यतो गर्ने, यो चाहिँ उनले गाउँबाटै सिकेर आएकी थिइन् कि कसो ? यस्को जिम्मा चाहिँ हामीले लिने कि नलिने ?’

फिल्मको केही अंशमा विद्यार्थीको भूमिका चाहिँदा उनी पनि देखिएकी थिइन्। छक्का पञ्जा –३ को छायाँकनको लागि प्रयोग गरेको विद्यालयकी विद्यार्थी थिइन् पीडित किशोरी । त्यही बेलामा हो ‘छक्का पञ्जा’ खिच्न गएका छायाँकार पुरुषोत्तम प्रधानले उनले गीत गाएको भिडियो खिचेर फेसबुकमा हाले।

गिरिले पीडित गायिकाले आज जे भोगिरहेकि छिन् त्यसमा पनि कला क्षेत्र, यस क्षेत्रका व्यक्तिको संगत र यसको वातावरणको दोष छ कि छैन भन्दै प्रश्न गरेका छन् । उनले आफूले को दोषी, को निर्दोष भनेर फैसला गर्न काम आफ्नो नभएको उल्लेख गर्दै उनले पीडितलाई थप पीडा दिने अभिव्यक्ति नदिन आग्रह गरेका छन् ।

उनले पीडित गायिकाले भोगिरहेको नियतिमा आफू पनि दोषी रहेको देखिरहेको बताएका छन् । ‘उनले भोगिरहेको आजको नियतिमा आफूलाई पनि दोषी देखिरहेको छु’ उनले भनेका छन् ।

उनले बालिकालाई ‘सराप्न’ बन्द गर्न आग्रह गरेका छन् । ‘उनको प्रगतिमा गर्व गर्छु भने, उनले भोगेको नियतिमा आफूलाई दोषी देखिरहेको छु,’ दीपकले भनेका छन् ।

दिपकराज गिरीको फेसबुक स्टाटस जस्ताको तस्तै

आज म लेख्दैछू …..
“ छक्का पन्जा र समिक्षा”
पछिल्लो घटना क्रम ले समाज नै तरंगित बनेको छ !
केश अदालत मा पुगि सकेको ले मैले यस्को बारेमा बोल्नु हुदैन…. म यॉहा केबल समिक्षा जस्ले छक्का पन्जा बाट यो रंगिन दुनियॉमा कदम राखिन त्यो बारेमा केहि शेयर गर्न चाहन्छू…. जब हामि छक्का पन्जा ३ को सुटिगं गर्न ला चौक पोखरामा पुग्यौ , हामिलाइ स्कूले बिद्यार्थी को अभिनय गर्ने कलाकार चाहियो ,त्यो बेला त्यॉहा हेड मास्टर ले सहयोग गर्नु भो , ८,१० जना बिद्यार्थी हरू छनौट भए त्यस मध्य एक थिइन समिक्षा… गोरी, राम्री, लजालू स्वभाब भएकि.. दिएको संबाद राम्रो संग बोल्ने गर्थिन, बेला बेलामा उनले गुनगुनाएको कर्णप्रिय स्वर ले हामि सबैलाइ तान्थ्यो,
छायॉकार मित्र पुरुषोत्तम प्रधान ले मोबाइल मा रेकर्ड गरेर त्यो आबाज लिएर आए, त्यहि रेकर्ड गरिएको आवाज नै समिक्षा लाइ देशको राजधानी काठमाण्डू मा स्थापित हुने मार्ग बन्न पुग्यो !
सुटिगं का क्रममा मैले उन्को धेरै पल्ट तारिफ गर्दा हेड माष्टर तथा अन्य सरहरू पनि ,यो नानी सारै मीठो गॉउछे, हामिलाइ यिनि प्रति धेरै बिश्वास छ
एकदिन राम्रो गायीका बन्ने छिन् र समग्र गॉउको र स्कूलको नाम चम्काउने छिन भनेर तारिफ गर्नु हुन्थ्यो… भयो पनि त्यस्तै, छोटो समयमा नै उनिले लोभ लाग्दो प्रगती गरिन पनि , त्यस पछि उनि संग मेरो भेंट कहिल्यै भएन , टेलिभिजन र टिकटक हरू देख्थे खुशि लाग्थ्यो …वरू वेला वेला हेडमास्टर ले फोन गरेर “हाम्रो चेलि ले सॉच्चै राम्रो गरेकि छे दिपकजी!तपाइहरू सुटिगं मा आएको त उस्को लागि भाग्यको ढोका खोल्न रहेछ “ यति सुनिरहदॉ म पनि घमन्डले धेरै पल्ट गचक्क परेको छू …तर त्यो मेरो घमन्ड धेरै दिन टिकेन , आजको दिन देख्नु पर्यो , सामाजिक संजालमा उनि माथि बर्सिएको गालि सुन्नु पर्यो ,अब म दुबिधामा परे ! के गरौ?
कक्षा छ मा पढिरहेकि एक बालिका लाइ माइकमा गीत गाउन, कस्ले सिकायो? हामिले !
मिडिया सामू बोल्न ,कार्यक्रम मा कति पारिश्रमिक माग्ने , को संग कसरी प्रस्तुत हुने यो सबै कस्ले सिकायो? मेरै क्षेत्र ले सिकाएको हो , हामिले नै सिकाएको हो यस्मा प्रसस्तै गौरब छ !
एउटा सामान्य बालिका लाइ प्रोफ़ेसनल कलाकार जस्तै बनाएर रातारात चर्चित बनाउने
हामि सबैलाइ एकमुष्ट बधाइ र धन्यबाद छ!
तर मिडिया मा आए झै boy friend हरू राख्ने , सम्बन्ध बनाउने, षड्यंत्र नै गर्ने ,नावालिक भएर पनि यस्तो गर्ने , त्य्सतो गर्ने ,यो चाहि उन्ले गॉउ बाटै सिकेर आएकि थिइन कि कसो?
यस्को जिम्मा चाहि हामिले लिने कि नलिने?
यो बालिका लाइ हामिले यहाँ पुर्यायौ भनेर गर्व चाहि गर्ने , तर उक्त बालिका ले सिकेको नराम्रो बानि को ठेक्का चाहि लिने कि नलिने?
आज आरोप लागेको उन्को boy friend हरू भनेको स्कूल पढ्दा देखिका का हुन् कि यहि क्षेत्रमा
आएपछि बनेका हुन्?
छोरो ले फष्ट आउदा मेरो छोरो,
छोरोले अरूका छोरा भकुरेर आउदॉ चाहि
“ ए तेरो छोरो ले हेर के गर्यौ ?
उनि आज जे बनिन त्यसमा हाम्रो सहयोग थियो भने
उन्ले आज जे भोगि रहेकि छिन त्यसमा पनि हाम्रो क्षेत्र , हाम्रै संगत, हाम्रै बाताबरणको दोष छ कि छैन ?
मलाइ यहाँ यो दोषि र यो निर्दोषि भनेर फैसला गर्नु छैन ! त्यो काम मेरो हूदै होइन!!
मेरो चाहना समिक्षालाइ सराप्न बन्द गरौ भन्ने मात्रै हो ….म समिक्षाको प्रगती मा गर्व गर्छू भने
उनले भोगिरहेको आजको नियती मा
आफूलाइ पनि दोषि देखिरहेको छू!!
यति भनिरहदॉ मैले पनि गालि खानु पर्नेछ
अब गालि त बानि जस्तै भैसक्यो ….
जय नेपाल !!!