जोन अब्राहमको प्रतिक्षित फिल्ममा देशभक्तिको कथा

बलिउड अभिनेता जोन अब्राहमको प्रतिक्षित फिल्म मध्येकै एक हो अट्याक ।

पछिल्लो समय एकपछि अर्को एक्सन फिल्ममा देखा परिरहेका अब्राहमको अभिनयसँगै निर्माणसमेत रहेको फिल्म ‘अट्याक’ले देशभक्तिको कथा भन्छ । जसमा अब्राहमले एक सैनिकको भूमिका निर्वाह गरेका छन् ।

लक्ष्यराज आनन्दको निर्देशनमा तयार फिल्मले देशभक्तिको कथा समेटिएको छ । फिल्ममा जोनसँगै राकुलप्रीत सिंह, ज्याक्लिन फर्नान्डिज, प्रकाश राज, रत्न पाठक शाहलगायतको अभिनय रहेको छ ।

गत जनवरीमै प्रदर्शन मिति घोषणा गरिएको फिल्म कोरोना भाइरसको तेस्रो लहरका कारण स्थगित भएको थियो । यद्यपि निर्माण पक्षले फिल्म १ अप्रिलमा प्रदर्शन हुने घोषणा गरेको छ । जोनले सामाजिक सञ्जालमा नयाँ पोस्टर सार्वजनिक गर्दै नयाँ डेट घोषणा गरेका हुन् ।