‘ए मेरो हजुर ४’को दोस्रो गीत ‘सुन्तला’ सार्वजनिक

आगामी नयाँ वर्षमा प्रदर्शन हुने फिल्म ‘ए मेरो हजुर ४’को दोस्रो गीत मंगलबार सार्वजनिक भएको छ । ‘सुन्तला’ बोलको यस गीतमा फिल्मका मुख्य कलाकार अनमोल केसी, सुहाना थापा र सलोन बस्नेत फिचर्ड छन् । ।

सार्वजनिक गीतमा बसन्त सापकोटाको शब्द तथा संगीत र मेलिना राई र निशान भट्टराईले स्वर रहेको छ । गीलाई उदयराज पौडेलले एरेञ्ज गरेका हुन् । लोक लयमा तयार भएको गीतको भिडियोमा कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । गीतको अडियो र भिडियो निकै उच्च क्यालिटीमा निर्माण भएको देख्न सकिन्छ ।

सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनमा सुनिल कुमार थापाले निर्माण गरेका हुन् । फिल्मको कथा तथा निर्देशन झरना थापाको रहेको छ । पटकथा र संवादमा उनलाई स्व निर्देशक छेतेन गुरुङ, मन्दिप गौतम, प्रतिक पौडेल, बाबुराम दाहाल, उपकार पाण्डे र माधव शर्माले सहयोग गरेका छन् । फिल्ममा सलोन बस्नेतको पनि अभिनय रहेको छ । आगामी वैशाख १ गते प्रदर्शन मिति तय गरेको फिल्ममा सञ्जय लामाको छायांकन छ ।