‘बाहुबली ३’ बन्ने प्रभासले गरे संकेत

एसएस राजामौली निर्देशित सर्वाधिक सफल फिल्म सिरिज ‘बाहुबली’को तेस्रो भाग पनि बन्ने संकेत देखिएको छ । तेस्रो सिरिज निर्माणमा सहकार्य गर्नेबारेका समाचारलाई दक्षिण भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका हुन् ।

सञ्चारमाध्यमका अनुसार निर्देशक एसएस राजामौलीले तेस्रो श्रृंखला निर्माण गर्ने तयारी थालेका छन् ।  यो पिरियोडिक फिल्मलाई लिएर गृहकार्य पनि सुरु भएको छ ।

पछिल्लो जानकारीअनुसार बाहुबली अभिनेता प्रभास र निर्देशक एसएस राजामौलीले एक पटक फेरि एउटै फिल्ममा सहकार्य गर्ने भएका छन् । उनीहरुको यो सहकार्यमा ‘बाहुबली ३’ बन्ने सम्भावना रहेको अभिनेता प्रभासले संकेत गरेका छन् ।

प्रभास अहिले आफ्नो आउँदो फिल्म राधे श्यामको प्रचारमा व्यस्त छन् । फिल्मको ट्रेलर लञ्च इभेन्टमा प्रभासले मिडियासँग कुरा गरे । त्यतिबेला प्रभाससँग बाहुबलीको तेस्रो भाग र निर्देशक एसएस राजामौलीसँग फेरि काम गर्ने विषयमा प्रश्न सोधिएको थियो । यसको जवाफमा प्रभासले आफू र राजामौली राम्रो साथी रहेको र दुईबीच राम्रो सम्बन्ध रहेको बताए ।

बाहुबली ३ का विषयमा प्रभासले भने ‘हामी प्रायः आउने प्रोजेक्टबारे कुरा गर्छौं । केही त निश्चय हुनेछ । कसलाई थाहा छ र ? आउने दिनमा जे पनि हुन सक्छ ।’ प्रभासले सिधै बाहुबली ३ बन्छ त भनेनन् तर यो कुरा अस्वीकार पनि गरेनन् । प्रभासले आगामी दिनमा आफूले बाहुबलीसँग काम गर्न लागेको त बताए तर त्यो प्रोजेक्ट बाहुबली ३ हुनेछ वा अरु कुनै भन्ने विषयमा भने अझै पनि खुला साभएको छैन ।