‘परदेशी २’को फस्टलुक फष्टलुक पोष्टर र प्रदर्शन मिति सार्वजनिक

फिल्म ‘परदेशी– २’को फर्स्ट लुक सार्वजनिक सँगै आउँदो दशैंमा प्रदर्शन हुने भएको छ ।

नारायण रायमाझीको निर्देशनमा बनेको फिल्म ‘परदेशी– २’को फर्स्ट लुक र प्रदर्शन मिति निर्माण पक्षले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको हो।

‘परदेशी– २’ सन् २०१५ मा प्रदर्शनमा आएको फिल्म ‘परदेशी’को सिक्वेल फिल्म हो। नारायण इन्टरनेशनल प्रालिको ब्यानरमा राजेश वंशल र नारायण रायमाझी निर्माता रहेको फिल्म आगामी विजयादशमीमा प्रदर्शनमा आउने घोषणा गरेको हो ।

बुधबार फिल्मको पोष्टर सार्वजनिक गर्दै दशैंमा प्रदर्शन गर्ने निर्माण पक्षले जानकारी दिएको छ । सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार प्रकाश सपूत, दिलीप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी र वर्षा सिवाकोटीलाई देखाइएको छ ।

यस्तै, फिल्ममा निर शाह, सुशिल पोखरेल, सबिन बास्तोला, रमा थपलिया, भिमा मैनाली, रोशनी कार्कीलगायतका कलाकारको अभिनय फिल्ममा रहेको छ। गायक प्रकाश सपूतले अभिनय गरेको यो पहिलो फिल्म हो।

रायमाझीकै लगानीमा बनेको फिल्ममा कथा रमेश बिजिको रहेको छ भने पटकथा र संवाद निर्देशक रायमाझी र लेखक बिजीले नै लेखेका छन्। फिल्मलाई मनकृष्ण महर्जनले खिचेका हु्न। फिल्ममा संगीत विबि अनुरागीले दिएका छन्।

‘परदेशीले चाडपर्वमा आफ्नो गाउँ, परिवारलाई अझ बढी सम्झन्छन् । र, यो फिल्म परदेशीकै कथा–ब्यथा भएकाले प्रदर्शनका लागि दशैँलाई रोज्नुपरेको हो’– निर्माता राजेश वंशलले बताए ।

‘रिमा फिल्मस्’को ब्यानरमा निर्माण भएको फिल्ममा बीबी अनुरागीको संगीत, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ, भने गीतमा नारायण रायमाझी, प्रशान्त तामाङ, निशान भट्टराई, प्रताप दास, मीना निरौला, टीका पुन, देवी घर्ती, थानेश्वर गौतम, जय देवकोटा लगायतले स्वर दिएका छन् ।

सुदिप कुँवरको सह–निर्देशन रहेको फिल्ममा अष्ट महर्जनको द्धन्द्ध, मानकृष्ण महर्जनको छायाँकन तथा दीर्घ खड्काको सम्पादन छ । फिल्ममा ईश्वर घिमिरे÷रामहरि डंगोलको पोष्ट प्रोडक्सन, मनोज श्रेष्ठको भिएफएक्स, राजेन्द्र मोक्तानको कलर, श्यामश्वेत रसाइलीको गीत तथा साउण्ड मिक्सिङ छ ।