आँचलको ‘वर’ बन्दै विवेक

मिलन चाम्सले निर्देशन गर्न लागेको नयाँ फिल्म ‘वर एण्ड वधु’को मुख्य अभिनेता फाइनल गरिएको छ ।

फिल्म ‘वर एण्ड बधु’मा नव-कलाकार विवेक कर्मचार्य अनुबन्धित भएका हुन्। यस फिल्ममा विवेकलाई मुख्य अभिनेताको भूमिकामा फाइनल गरिएको हो। विवेकले यो फिल्मबाट नेपाली फिल्म क्षेत्रमा डेव्यु गर्दैछन् ।

यसअघि फिल्ममा अभिनेत्री आँचल शर्मा मुख्य अभिनेत्रीको लागि फाइनल भइसकेकी छिन्। विवेक र आँचल जोडीको रूपमा देखिने यस फिल्ममा यी दुईले अनस्क्रिन रोमान्स गर्ने भएका हुन् ।

एल आर के इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा मिलन चाम्सको निर्देशन रहने छ। कमेडी र लभ स्टोरी कथामा निर्माण हुने फिल्मको छायांकन एक महिनापछि सुरु गर्ने तयारी रहेको निर्देशक चाम्सले जानकारी दिएका छन् ।

विवेकले विगत केही समयदेखि फिल्मको तयारीमा व्यस्त छन्। उनी माला आर्टस एकेडेमीबाट अभिनयमा स्नातक गरेका हुन् । एल आर के इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्मलाई कमेडी र लभ स्टोरी कथामा निर्माण गरिदैछ । यस फिल्मको कथा प्रदी भारद्धाजले लेखेका हुन् । अभिनेत्री शर्माले भने यही फिल्मको लागि आफ्नो तौल घटाएकी छिन् ।

विवेकले माला आर्ट्स एकेडेमीबाट अभिनयमा स्नातक गरेका हुन्। आँचलले फरक कथामा बन्न लागेको यो फिल्मका कारण आफू उत्साहित रहेको बताइन्। आँचल शर्माले यही फिल्मको लागि आफ्नो तौल पनि घटाएकी छिन्।