विश्वकीर्तिमानी गीतकार डा उपाध्यायद्वारा चैत महिनाभित्र १०३ विश्व रेकर्ड पुर्‍याउने घोषणा

विश्वकीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले चैतमा १०३ विश्व रेकर्ड पुर्याउने घोषणा गरेका छन् ।

राजधानीमा गरिएको पत्रकार भेटघाटमा यसअघि गीत संगीत र विभिन्न विधामा गिनिजबुक रकेर्डसहित ८० विश्व रकेर्ड कायम गराएका कीर्तिमानी डा. उपाध्यायले चैतमा १०३ विश्व रेकर्ड पुर्याउने लक्ष्यका साथ तयारी गरिरहेको जानकारी गराएका छन् ।

उनले आफ्ना गीत र सिर्जनाका बारेमा ‘क्विज’ प्रतियोगिता पनि गराएका थिए । क्विज प्रतियोगिताका दश जनालाई उपहार प्रदान गरिएको थियो । यस्तै, डा. उपाध्यायले आधा घण्टा लगातार आफ्ना १०२ गीतको ब्रिफिङ गरेका थिए ।

यस्तै, कार्यक्रममा गीतकार तथा साहित्यकार गणेश सुवेदी, संगीतकार सन्तोष श्रेष्ठ, गायक तथा संगीतकार सागर अधिकारी ‘शरद’, वरिष्ठ पत्रकार तुलसी गिरी ‘भावुक’, मिलाप फाउण्डेशन अध्यक्ष तथा चलचित्र पत्रकार संघ पूर्वउपाध्यक्ष गीता अधिकारीले डा। उपाध्यायका कार्यले नेपाललाई विश्वमा चिनाउने कार्य गरेको बताइन् ।

पत्रकार भेटघाटमा उपस्थित सञ्चारकर्मीहरूले डा. उपाध्यायका विभिन्न विश्व रेकर्डका बारेमा जिज्ञासा राखेका थिए । डा। उपाध्यायले पत्रकारले राखेका जिज्ञासाको उत्तर दिँदै आफ्ना कार्य विश्वमा नेपाललाई चिनाउने रहेको जिकिर गरेका छन् । गीतसंगीत तथा साहित्य सिर्जनाबाट थुप्रै विश्व रेकर्ड कायम गर्ने डा। उपाध्याय पहिलो नेपाली सर्जक हुन् ।

कीर्तिमानी डा. उपाध्यायका २५ एल्बमका सयौँ गीत स्रोतारदर्शकमाँझ छन् । यस्तै उनका ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छायाँ’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’, ‘कफी लभ’ र ‘मेरी प्रिया’ जस्ता उपन्यास पाठकमाँझ आएका छन् । उनले नयाँ उपन्यास ‘भाइरस लभ’ र अन्य चार वटा एल्वम छिट्टै सार्वजनिक गर्ने जानकारी दिएका छन् ।