खेलकुद क्षेत्रका व्यक्ति भेट्दा आत्तिए दयाहाङ

नायक दयाहाङ राई शुक्रबार आयोजित फिल्म ‘अञ्जिला’को घोषणा कार्यक्रममा आत्तिए । उनले, सधै फिल्मसँग सम्बन्धित व्यक्तिसँग बसिरहेको तर यो कार्यक्रममा खेलकुद क्षेत्रका व्यक्तिलाई भेट्दा आफू आत्तिएको बताए ।
यो फिल्ममा दयाको कस्तो भूमिका रहनेछ भन्ने पत्रकार सम्मेलनमा खुलाइएन ।

दयाले भने–‘म फिल्म क्षेत्रसँग भएपनि खेलकुदसँग नजिक छु । एन्जिलाको जीवनमा आधारित रहेर बायोपिक फिल्म बन्न लागेकोमा खुशी छु । मेरो कारणले गर्दा फिल्मको निर्माण ढिला भयो । कोरोनाका कारण धेरै फिल्मको छायांकन पछि सरेकाले पनि समय मिलाउन गाह्रो परिरहेको छ ।’

दयाले फिल्म समाजको ऐना भएकाले पनि पर्दामा प्रेमलाई मात्र देखाउन नहुने बताए । उनले खेलाडीदेखि सामाजिक व्यक्तिहरुको कथामा फिल्म बन्न आवश्यक रहेको बताउँदै ‘अञ्जिला’ नामक फिल्म बन्न लागेकाले आफूले छाड्न नसकेको बताए । मिलन चाम्सको निर्देशनमा बन्ने फिल्ममा आफूले राम्रो काम गर्ने उनको भनाई थियो ।