पल शाहलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

तनहुँ जिल्ला अदालतले बलात्कार सम्बन्धी मुद्धाको अनुसन्धानमा पल शाहलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

गत फागुन १५ गते पक्राउ परेका शाहलाई यसअघि नै दुई पटक म्याद थप भइसकेको छ ।

पछिल्लो पटक थप भएको म्याद आज सकिएको हो । शुक्रबार अदालतले पाँच दिनको समय दिएको तनहुँ जिल्ला प्रहरी प्रवक्ता युवराज खड्काले जानकारी दिए । यसअघि पहिलोपटक ८ दिन र दोस्रोपटक १२ दिनको समय दिइएको थियो । पलसँगै उनका म्यानेजर कृष्णप्रसाद जोेशीलाई पनि थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

यसपटक दिइएको समयभित्र प्रहरीले सरकारी वकिल कार्यालयमार्फत अदालतमा अभियोग पत्र दर्ता गरिसक्नुपर्ने छ । तनहुँ अदालतबाट म्याद लिइरहेकै समयमा पू्र्वी नवलपरासी प्रहरीले पनि शाहविरुद्ध अनुसन्धान सकेर बिहीबार अदालतमा मुद्धा दर्ता गरेको थियो ।

नवलपुर जिल्ला अदालतमा भने शाहविरुद्ध अभियोगपत्र दर्ता भइसकेको छ । तनहूँ प्रहरी हिरासतमै रहेका बेला नवलपुर लगिएको थियो । नवलपुर प्रहरीले उनीविरुद्ध अनुसन्धान गर्दै हिजो सरकारी वकिलको कार्यालय मार्फत जिल्ला अदालतमा अभियोगपत्र दर्ता गराएको हो ।

अभियोग पत्रमा शाहलाई १२ देखि १४ वर्ष जेल सयाजको माग दाबी गरिएको छ । अब तनहुँमा अनुसन्धान सकिएपछि थुनछेक बहसका लागि शाहलाई नवलपुर लगिनेछ ।

एक नाबालिग गायिकाले बलात्कार गरेको भन्दै शाहविरुद्ध तनहुँ र पूर्वी नवलपरासी प्रहरीमा उजुरी दिएकी थिइन् ।