भिडियोमा जसरी उदाइन्, त्यसरी नै सुस्ताउँदै गरिमा शर्मा

नेपाली मनोरञ्जन क्षेत्रमा को कसरी उदाउँछ र को कसरी हराउँछ पत्तै हुदैन । यो क्षेत्रमा हरेक कलाकारको भविष्य कतिबेला कस्तो अवस्थामा पुग्छ भन्न सकिदैन । पहिलो चरणको लकडाउनपछि फिल्म क्षेत्र ठप्प रहँदा म्युजिक भिडियो क्षेत्रमा बाढी नै आयो । भिडियो क्षेत्रमा आएको बाढीले थुप्रै मोडलहरु जन्मिए ।

यो भिडमा मोडल गरिमा शर्मा सबैभन्दा अगाडि आइन् । उनको भिडियोमा व्यस्तता निक्कै नै बलियो थियो । भिडियोमा रकेट उडान गर्दै उदाएकी गरिमा हिजोआज सेलाएकी छन् । न त उनको बजारमा चर्चा छ, न त उनले काम गरेका भिडियोले गतिलो भ्यूज नै पाउँछन् ।

गरिमासँग काम गर्न अधिकांश भिडियो निर्देशकले पनि रुची देखाउन छाडेको वुझिएको छ । यसले गरिमाको करिअरलाई नै असर परेको छ ।

गरिमालाई कामको अभाव समेत देखिन्छ । हुनत, अहिले भिडियोको मेकिङ नै कम भएको छ । तर, भिडियो मेकिङ कम भएपनि गीता ढुंगाना, उषा उप्रेती, विना राउतहरु चलिरहेको समयमा गरिमालाई भने समस्या परेको वुझिएको छ । गरिमाले फिल्ममा काम गर्न लागेको खबरहरु पनि सार्वजनिक भएका थिए ।

तर, केही फिल्ममा कुरा भएपनि अब ती फिल्मका मेकरले गरिमासँग काम नगर्ने सोच बनाएका छन् । म्युजिक भिडियोमा जुन गतीमा उनी उदाएकी थिइन्, सोही गतीमा पछि पर्दै गएको चर्चा म्युजिक भिडियो वृत्तमा खुबै सुनिन्छ ।