आजदेखि मण्डलामा ‘मीतज्यू’ मञ्चन हुने

मण्डला थिएटरमा आज (मंगलबार) देखि नाटक ‘मीतज्यू’ मञ्चन हुने भएको छ ।
यो नाटक हरेक दिन साँझ ५ बजेबाट सुरु हुने र १३ गतेसम्म मञ्चन हुने भएको छ । शुक्रबार र शनिबार भने दिउँसो १ बजे पनि नाटक मञ्चन हुने मण्डला थिएटरले जनाएको छ ।
सन् २०१४ मा पहिलो पटक मण्डलाले यस नाटक निर्माण गरेर मञ्चन गरिएको थियो । रंगकर्मी सोमनाथ खनालद्वारा लिखित नाटकलाई दयाहाङ राईले निर्देशन गरेका छन् ।
नाटकको कथालाई पूर्वी नेपालका विभिन्न जातजातिको सांस्कृतिक पृष्ठभूमिका आधारमा बुनिएको छ । यस नाटकले विशेषत पञ्चायतको कथा बताउँछ । नेपालको वर्तमान समयमा दुई पुराना साथीको अनुभवमा आधारमा नाटकको कथा अगाडि बढ्दै जान्छ । उनीहरुले नाटकमा आफ्ना जीवनका अनुभवहरु बाँड्ने र समाजप्रतिको चिन्ता व्यक्त गर्दै जान्छ ।
एक साताको लागि मात्र मञ्चन हुने यस नाटकमा बुद्धि तामाङ, विजय बराल, सिर्जना सुब्बा, विकास जोशी, उमेश तामाङ, किरण चाम्लिङ, अंकित खड्का, रञ्जना वली, अनुप न्यौपाने, प्रमिला खनाल लगायतका कलाकारहरुले अभिनय रहने छ ।

मण्डलामा असोज १६ बाट नाटक ‘ब्यूँझिएको सिरानी’ मञ्चन हुँदै
'वेडिङ एल्बम' नाटक रुचाइँदै

बुद्ध र भिखारी– बुद्धलाई प्रश्न सोध्न हिँडेको भिखारीको कथा

मण्डला नाटक घरमा जेठ १६ देखि बुद्ध र भिखारी
तीन युवतीको विगत यात्रा समेटिएको नाटक ‘त्रयम्’ कौशीमा मञ्चन हुँदै

‘बुद्ध थिएटर फेस्टिभल २०२३’ सुरु

आज विश्व रङ्गमञ्च दिवस

प्रतिक्रिया