दीपिकालाई ११ लाख !

‘ऐश्वर्य’ फिल्मकी नायिका दीपिका प्रसाँइको करिअरमा संझन लायक चलचित्र ‘छक्का पन्जा ३’ हो । यो फिल्ममा उनले गरेको कामले प्रशंसा पनि पाएको हो । यी दुई फिल्मपछि दीपिकाको करिअर सुखद बन्न सकेको छैन । बरु, उनी फिल्म भन्दा घुमघाम र घरयासी जीवनमा बढी व्यस्त छिन् ।

दीपिकाले अभिनय गरेको नयाँ फिल्म ‘हेल्लो जिन्दगी’ चैत्र १८ गतेबाट रिलिज हुँदैछ । यो फिल्मको प्रचारमा दीपिका हिडेकी छैनन् । दीपिका गीत रिलिज कार्यक्रममा नआएपछि निर्देशक एभरेष्ट सूर्य बोहराले आक्रोश व्यक्त गरे । उनले, दीपिकाले कहिले टाउको दुखेको त कहिले के समस्या भएको भन्दै बाहाना गर्ने गरेको सुनाइन् ।

दीपिकाको बाहाना देखेर आजित बनेका निर्देशकले पैसा लिने बेलामा अगाडि आउने, पैसाविना सास पनि नफेर्ने तर प्रचारमा साथ नदिने भन्दै असन्तुष्टी जनाए ।

दीपिकाले यो फिल्मका लागि ११ लाख पारिश्रमिक लिएकी श्रोत बताउँछ । दीपिकाको अनुहारका लागि ११ लाख पारिश्रमिक तिरेका निर्माताले प्रचारमा साथ नदिदा गुनासो गर्नु त स्वभाविक नै हो । तर, दीपिकाले २ वटा फिल्म खेल्दैमा निर्मातासँग यति महंगो पारिश्रमिक मागेको प्रष्ट हुन्छ । तर, फिल्म गरेपछि प्रचारमा साथ दिन त पर्यो नी होइन र दीपिकाजी ?