नायक पल शाह थुनामा पठाउन अदालतको आदेश

नायक पल शाहलाई जेल चलान गर्न आदेश दिएको छ।

बलात्कार आरोपमा पक्राउ परेका नायक पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो । पलका म्यानेजर एक लाख धरौटीमा रिहा । जिल्ला अदालत तनहुँका श्रेस्तेदार मिनबहादुर कुँवरले जानकारी दिएको ।

बलात्कार अभियोगमा मुद्दा दर्ता भएपछि जिल्ला अदालत तनहुँले थुनछेक बहस सकिएपछि अदालतले आफ्नो फौसला सुनाउदै उनलाई पुर्पपक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो।

प्रहरी हिरासतमा रहेका नायक शाहविरुद्ध सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गराएपछि मंगलबार, बुधबार र विहिबारको थुनछेक बहस चलेको थियो ।

तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले थुनछेक बहसपछि विहीबार शाहलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । प्रहरी हिरासतमा रहेका नायक शाहको ३ बजेदेखि बयान लिएको थियो ।

प्रतिवादीद्धय पल शाह र कृष्ण जोशीको पक्षबाट ११ जना र जाहेरवालाको तर्फबाट ७ जना कानुन व्यवशायीले बहस गरेका थिए। जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार अभियुक्त पललाई बलात्कार र उनका म्यानेजर कृष्ण जोशीलाई मतियारका रूपमा अधिकतम सजाय माग गर्दै सोमबार जिल्ला अदालतमा अभियोग पत्र पेश गरेको थियो।

१२ देखि १४ वर्षको कैद सजाय माग गर्दैै जिल्ला अदालत तनहुँमा चैत ८ गते मुद्दा दर्ता भएको थियो। पीडित बालिका १६ बर्षभन्दा कम उमेर भएकाले १२ देखि १४ बर्षसम्मको कैद सजायको र मनासिब क्षतिपुर्ति माग राख्दै मुद्दा दर्ता भएको हो ।

पल विरुद्ध नाबालिग गायिकाको परिवारले फकाएर बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँ र इलाका प्रहरी कार्यालय गैँडाकोटमा जाहेरी दिएका थिए।