कहाँ हराइन् सुरविना ?

‘मलाई फलो नगर्नुहोस्, म हराइसकेँ’ भन्दै केही दिन अगाडि नायिका सुरविना कार्कीले तस्वीर राखिन् । उनले पोष्ट गरेको तस्वीरमा उनी बोल्ड देखिएकी छिन् । हुनत, सुरविनाको बोल्ड अवतार दर्शकका लागि कुनै नौलो कुरा त भएन ।
नेपाली फिल्ममा बोल्ड अवतारकै कारण केही दर्शकले सुरविनालाई चिनेका छन् ।

भारतबाट नेपाल फर्किएपनि उनलाई फिल्ममा खासै लक लागेको छैन । उनले, नवल खड्काको फिल्म ‘काँडेतार’मा अभिनय गर्न भ्याइन् । अन्य कमर्सियल फिल्मबाट उनलाई अभिनयको प्रस्ताव पनि आएको छैन ।

सुरविना भारतमा बस्दासम्म नेपाली फिल्ममा धेरै परिवर्तन आइसकेको थियो । यसैले, पनि उनलाई नेपाली फिल्मले कुनै चासो देखाएको छैन । फाट्टफुट्ट म्युजिक भिडियोमा काम गरेपनि उनलाई दर्शक र मिडियाले नोटिस गरेका छैनन् । उनले अभिनय गरेका केही गीत हिट भए, तर उनलाई त्यसले कुनै फाइदा गरेन ।

सबै कुरा हेर्दा त, सुरविनाले म हराएकी छु मलाई नखोज्नुहोस् भने जस्तै उनको करिअरमा भएको छ ।