पल नफर्किएसम्म ‘को होला त्यो’को सिरिज बनाउँदिनँः सुनिल गिरी

गायक सुनिल गिरीको सुपरहिट गीत ‘को होला त्यो’बाट मोडल पल शाह म्युजिक भिडियोको दुनियाँमा छाए । यो गीतको भिडियोमा काम गरेपछि बलेको पलको करिअर उचाईमा छ । तर, यही विचमा एक नाबालिकाले बलात्कारको मुद्दामा उजुरी दिएपछि पल थुनामा छन् । पलको मुद्दा अदालतमा चलिरहेको छ ।

पल थुनामा रहेको समयमा गायक सुनिल गिरीले ‘झम्के साँझ’ बोलको गीत सार्वजनिक गरे । कलाकारलाई साथमा नपाउँदा दुःख लागेको सुनिलले बताए । सुनिल र पलले लामो समयदेखि सहकार्य गर्दै आएका छन् । ‘को होला त्यो’को फिमेल भर्सन पनि सुपरहिट भैसकेको छ ।

उनै, गायकले पल शाह नफर्किएसम्म आफूले ‘को होला त्यो’ बोलको गीतको सिरिज नबनाउने बताएका छन् । मेरो फिल्मसँगको कुराकानीका क्रममा उनले अन्य गीतहरुको काम अगाडि बढाएपनि यो गीतको सिरिजका लागि पललाई नै कुर्ने बताए ।

पलको मुद्दा अदालतमा चलिरहेकाले उनी कहिले फर्किन्छन् भनेर भन्न सकिदैन । सुनिलले भने यो गीतमा पलको नै हक लाग्ने बताएका छन् ।