माइती नेपालमा अनमोल केसी

नायक अनमोल केसी फिल्म ‘ए मेरो हजुर ४’का लागि गम्भिर छन् । अझ, यही दिनमा साउथको फिल्म ‘केजीएफ २’ पनि नेपाल भित्रिने भएपछि अनमोलले आफ्नो फिल्मका लागि थप गम्भिर हुनुपर्नेछ ।

यसैले, फिल्मको प्रमोशनका लागि उनले कुनै कसर बाँकी छाडेका छैनन् । फिल्मको प्रचारमा मिडियादेखि दर्शकमाझ उनी पुगिरहेका छन् । यसैविच, अनमोल माइती नेपालमा रहेका बालबालिकालाई भेट्न पुगेका छन् । अनमोलसँगको भेटमा बालबालिकाहरुले फिल्मको शिर्ष गीत पनि गाएर सुनाएका थिए ।

अनमोलले सीएनएन हिरो तथा माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालासँग पनि भेट गरेको तस्वीर पोष्ट गरेका छन् । अनमोलसँगै उनका पिता भूवन केसी पनि रहेको देख्न सकिन्छ । भेटमा अनमोलले बालबालिकासँग आफ्नो रिलिज हुन लागेको फिल्म ‘ए मेरो हजुर ४’का बिषयमा कुराकानी पनि गरेका थिए ।

झरना थापाको निर्देशनमा तयार भएको यो फिल्म वैशाख १ गतेबाट रिलिज हुँदैछ । फिल्ममा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत लगायतका कलाकारको अभिनयछ ।