उच्च अदालत पुगे पल शाह

बलात्कारको आरोप लागेका नायक पल शाह तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पुगेका छन् ।

आज (मंगलबार) उनले जिल्ला अदालत तनहुँको आदेशविरुद्ध पुनरावेदनका लागि उच्च अदालत पोखरामा निवेदन दिन पुगेका हुन् । उनले आफुलाई धरौटी वा तारेखमा छाडेर मुद्दा लड्न दिन निवेदनमा माग गरेको बताइएको छ ।

नाबालिग गायिकामाथि बलात्कार आरोपमा पुर्पक्षका लागि शाहलाई तनहुँ जिल्ला अदालतले कारागार पठाइएको छ ।

तनहुँ जिल्ला अदालतको यही चैत १० गतेको आदेशले पल जेल चलान भएका थिए । सोही आदेश खारेज गरिपाऊँ भन्दै पुनरावेदन परेको उच्च अदालत पोखराका सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिए ।

शाहको निवेदनमा धरौटी वा तारेखमा छाडेर मुद्दा लड्न दिन निवेदनमा माग गरिएको छ । पलका तर्फबाट कानुन व्यवसायीले पुनरावेदन निवेदन दर्ता गराएका हुन् ।

शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँ र इलाका प्रहरी गैँडाकोटमा एक गायिकाले प्रेमको झुटो नाटक गरेर पटक–पटक आफूमाथि बलात्कार गरेको भन्दै किटानी जाहेरी दिएकी थिइन् ।