‘ह्याप्पी बर्थ डे’ अनमोल केसी ! कति सफल यस पटक

अभिनेता अनमोल केसी २८ औं जन्मदिन सेलिव्रेट गर्दैछन् ।

वि.सं २०५० साल चैत्र १७ गते पिता भूवन केसी र आमा सुस्मिता केसीको कोखबाट जन्मिएका अनमोलले ‘होस्टेल’बाट नेपाली फिल्म क्षेत्रमा नायकको रुपमा डेब्यु गरेका थिए । पछिल्लो समय नेपाली फिल्म जगतमा सफल र लोकप्रिय नायक मानिएका अनमोलले आज (विहिबार)बाट २८ औँ बसन्त पार गरेका हुन् ।

अनमोललाई अहिले राम्रो नायकका रुपमा हेरिने गरिएको छ । उनले सानै उमेरदेखि अभिनय यात्रा सुरु गरेका हन् । मूख्य भुमिकामा रहेर अभिनय गरेको फिल्म ‘होस्टेल’ पछि उनी युवा पुस्ताका आइडल बने । नेपाली फिल्म जगतमा प्रेम प्रसंगका फिल्महरूप्रति दर्शकको रुचि हराउँदै गएका बेला दर्शकलाई उनले नयाँ सम्भाबना देखाए । सबैजसो फिल्ममा सफलता व्यहोर्दै अगाडि बढेका अनमोल अहिलेका सबैभन्दा महंगा नायक समेत हुन् ।

अनमोलले फिल्म ‘होस्टेल’ सुपरहिट भएपछि पछाडि फर्केर हेर्नु परेन । त्यस्तै उनले फिल्म ‘म तिम्रै हुँ’ लाई आमा सुस्मितासँग मिलेर निर्माण गरेका थिए । अनमोल सफल नायकको रुपमा स्थापित भएपनि उनको अभिनय क्षमतालाई लिएर बारम्बार प्रश्न उठ्ने गरेको छ ।

हरेक पटक फिल्म प्रर्दशन भएपछि समिक्षकहरूले उनको अभिनयमा निखार नआएको भन्दै समिक्षा गरेको पाइन्छ । हरेक फिल्ममा आलोचना खेप्दै आएका अनमोलले ‘ए मेरो हजुर ४’ को ट्रेलरमा भने अभिनयमा सुधार गरेको देखिन्छ । यस पटक अनमोल कति सफल हुन्छन् भन्ने कुरा फिल प्रदर्शन भएपछि थाहा हुने छ ।

अनमोल अभिनित जेरी, ड्रीम्स, गाजलु, कृ, क्याप्टेन, ए मेरो हजुर ३ हिट रहेका छन् । उनी अभिनित आठौं फिल्म ‘ए मेरो हजुर ४’ आगामी वैशाख १ बाट प्रदर्शनको तयारीमा छ ।