युट्युबबाट उड्यो ‘ए मेरो हजुर ४’को गीत र ट्रेलर

वैशाख १ गतेबाट रिलिज हुन लागेको फिल्म ‘ए मेरो हजुर ४’को ट्रेलर र गीत युट्युबबाट उडेको छ । बुढासुब्बा डिजिटलको च्यानलबाट सार्वजनिक गरिएको फिल्मको सम्पूर्ण प्रचार सामाग्री नै युट्युबबाट उडेपछि निर्माणपक्ष तनावमा छ ।
फिल्मको तेश्रो गीत आज सार्वजनिक गर्ने तयारी गरिएको थियो । गीत सार्वजनिक हुनु भन्दा अगाडि २ वटा गीत र ट्रेलर युट्युबबाट उडेको हो ।

बुढासुब्बाका अनुसार, च्यानल ह्याक गरिएको छ र सामाग्री हटाइएको छ । यसैले, ट्रेलर र गीत फेरि युट्युबमा आउँछ या आउँदैन भन्न सकिने अवस्था छैन । गीतले लाखौ भ्यूज पाइसकेको अवस्थामा वैशाख १ गतेबाट रिलिज हुन लागेको फिल्मको प्रचार सामाग्री नै युट्युबबाट उड्दा निर्माणपक्ष अब के गर्ने दोधारमा छ ।

निर्माता सुनिल कुमार थापाले आफूले च्यानल ह्याक भएकाले समस्या आएको जानकारी बुढासुब्बाबाट पाएको बताए । उनले, समस्या समाधान हुने भन्दै फिल्मको प्रतिक्षा गरिरहेका दर्शक तथा शुभेच्छुकलाई धैर्य गर्न आग्रह गरेका छन् ।
फिल्मको गीत र ट्रेलरले दर्शकको माया पाइरहेका थिए । झरना थापा निर्देशित फिल्ममा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेतको मुख्य भूमिका छ ।

युट्युबमा फर्कियो ‘ए मेरो हजुर ४’को ट्रेलर र गीत, साइबर क्राइममा उजुरी दिने तयारी