के आकाशले भिडियोमा करुणालाई सिफारिश गर्छन् ?

गसिप बजारको चर्चालाई मान्ने हो भने नायिका तथा मोडल करुणा श्रेष्ठ र नायक आकाश श्रेष्ठ नजिकको साथी बनेका छन् । हुनत, आकाश पहिले जस्तो हिजोआज मिडियासँग खुल्दैनन् । यसैले, पनि होला आकाशको बारेमा पहिले मिडियामा जती चर्चा हुन्थ्यो, हिजोआज भएको पाइदैन ।

तर, आँचल र करुणा भने नजिकिएको खबर फिल्म वृत्तमा चलेको केही समय भयो । उनीहरुको मित्रताको बिषयमा विशेषगरि, भिडियो बजारका अधिकांश कलाकारहरु जानकार नै छन् ।

श्रोतका अनुसार, आकाशले आफूले अभिनय गर्ने भिडियोमा करुणाको नाम लिने गरेका छन् । हालै मात्र, एक भिडियोमा मोडल रेश्मा घिमिरे आकाशसँग काम गर्न फाइनल भएकी थिइन् । तर, रेश्माले नभ्याउने भएपछि आकाशले करुणाको नाम लिएका थिए । आकाशले करुणाको नाम लिएपछि निर्माण टिमले पनि उनलाई नै राखेर भिडियो बनाएको वुझिएको छ ।

केही महिना अगाडिसम्म आकाश र नायिका पूजा शर्माको म्युजिक भिडियो खुबै सार्वजनिक हुने गरेका थिए । तर, विगत केही महिनादेखि आकाश र पूजाले भिडियोमा सहकार्य गरेका छैनन् । उसो त, आकाश र करुणाले ‘आज म नै एक्लो भएँ’ बोलको म्युजिक भिडियोमा एकसाथ काम गरेका छन् । यो भिडियोलाई भने दर्शकले रुचाएनन् ।

आकाश र करुणाको सम्बन्ध, साथी मात्र हो या त्यो भन्दा माथि हो, यो उनीहरुले नै कुनै समयमा प्रष्ट पार्लान् ।