दुई वर्षपछि दमकमा नेपथ्य लाइफ कन्सर्ट हुने

नयाँ बर्ष २०७९ को उपलक्ष्यमा बैशाख १ गते दमकमा नेपथ्य लाइफ कन्सर्ट हुने भएको छ ।

लोकप्रिय सांगीतिक समुह नेपथ्य लामो समयपछि १ गते दमक–९ स्थित सरस्वती माध्यमिक विद्यालय (इटाभट्टा स्कूल) मा दर्शकमाझ प्रस्तुत हुने भएको हो।

कोरोना भाइरसको संक्रमण प्रारम्भ भएपछि झण्डै दुई वर्ष लाइभ कन्सर्टमा प्रस्तुत नभएको नेपथ्यले झापाको दमकमा आयोजना गरिने विशेष सांगीतिक कार्यक्रममार्फत नयाँ वर्ष २०७९ लाई स्वागत गर्ने भएको छ ।

कार्यक्रममा नेपथ्यका गायक अमृत गुरुङले आफ्नो ब्याण्डसंगै आफ्नो लोकप्रिय गीतहरु प्रस्तुत गर्नेछन् । नेपाली टचले आयोजना गर्ने कार्यक्रममा नेपथ्य ब्याण्डले आफ्नो सांगीतिक प्रस्तुति दिन लागेको हो ।

नेपथ्य लाइभ इन दमक शीर्षक राखिएको यो कन्सर्टमा सेलिब्रेटिङ नेपाली न्यू इयर २०७९ उपशिर्षक राखिएको छ । यो कन्सर्टको आयोजनामा नेपाली टजलाई किङ्सटन इन्स्टिच्यूट अष्ट्रेलियाले पनि सहकार्य गरेको छ ।

विद्यालय परिसरमा साँझ ७ वजेदेखि ९.३० वजेसम्म हुने लाइफ कन्सर्टको मुख्य प्रायोजक भने अष्ट्रेलियाकै किङस स्टन इन्ष्च्यिूट र सपोर्टमा जंगेकिल्ला इन्डफिल्डरर्स रहने छ । कन्सर्टमा करिव ५ हजार बढी दर्शकले सांगीतिक मनोरन्जन लिने छन् । कन्सर्टमा दर्शकका लागि रु १ हजार माथिका टिकट रहने जनाईएको छ ।

ध्रुवतारा स्पोर्टस् क्लबको ३० औं वार्षिकोत्सवको अवसर पारेर आयोजना गर्न लागिएको यो कन्सर्टलाई क्लबले नै व्यवस्थापन गरेको छ ।

नेपालयले कार्यक्रमलाई तयार पारेको हो । दुई घण्टा लामो हुने उक्त कन्सर्टमा ‘नेपथ्य’ ब्यान्डका गायक अमृत गुरुङले ‘छेक्यो छेक्यो, हिमाल चुचुरे, रेशम, भेँडाको ऊनजस्तो, तालको पानी, कोशीको पानी यो जिन्दगानी’ लगायतका चर्चित गीतहरु’ प्रस्तुत गर्ने जनाईएको छ ।

नेपाल टच अष्ट्रेलियाका कार्यकारी प्रमुख राजके गोस्वामीले कन्सर्टको दिन वैशाख १ गते साँझ ४:४५ बजेदेखि कार्यक्रमस्थलको गेट खुला हुने जनाएका छन् । नेपाली टचले नेपालमा पहिलो पटक कन्सर्ट आयोजना गर्न थालेको हो । यो संस्थाले अष्ट्रेलियाका विभिन्न शहरहरुमा विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ ।

आयोजक संस्थाले कार्यक्रममा करिव दश हजार दर्शकको सहभातिगा रहने अपेक्षा गरेको छ।