राजेश हमाल, जो अब गायकको रुपमा अवार्ड थाप्दैछन्

नेपाली फिल्मका सर्वाधिक सफल नायक राजेश हमालले आफ्नो करिअरमा थुप्रै अवार्ड थापेका छन् । उत्कृष्ट नायकदेखि पपुलर नायकसम्मका अवार्ड हमालको पोल्टामा गएका छन् ।

तर, अब नेपाली फिल्मका सफल नायक गायकको रुपमा पनि अवार्ड थाप्न थालेका छन् भन्ने कुरा पढ्दा तपाइलाई पत्यार नलाग्न सक्छ । तर, काठमाडौंमा आयोजना भएको ‘पाँचौ निम अवार्ड’मा राजेशलले पपुलर गायकको रुपमा अवार्ड थापे । आयोजकले उनको स्वरमा समावेश गीत ‘मन बुढो भएन’ बोलको गीतबाट उनलाई पपुलर अवार्ड दियो ।

यो गीत पपुलर भयो या भएन थाहा भएन, तर राजेश हमालले पपुलर गायकको रुपमा अवार्ड थाप्दै गर्दा वास्तविक गायकहरुलाई भने अचम्म लागेको हुनुपर्छ ।

हिजोआज नेपाली अवार्डको विश्वसनियता सकिदै गएको अवस्था छ । कसलाई कुन अवार्ड दिने भन्दा पनि, अवार्डमा को आयो र अवार्डमा कसले बढी चासो देखायो भन्ने कुराले महत्व पाउन थालेको छ ।

राजेश हमालले रहरैले गाएको गीतले पपुलर अवार्ड थापेको हो । यो अवार्डले राजेश हमाललाई गायनमा प्रोत्साहन पक्कै दियो होला ?