‘आरआरआर’ निर्माताले गरे सक्सेस पार्टी, राम चरणले बाँडे ३५ वटा सुनका सिक्का

एसएस राजामौलीको फिल्म ‘आरआरआर’ बक्स अफिस क्लबमा १००० करोड कमाउनेतर्फ अघि बढेको छ । यो फिल्ममा जुनियर एनटीआर, रामचरण तेजा, आलिया भट्ट र अजय देवगन मुख्य भूमिकामा छन् ।

एसएस राजामौलीको यो फिल्मले बक्स अफिसमा थुप्रै रेकर्ड पनि बनाएको छ । यसैबीच, फिल्मको सफलतामा, सफल टलिउड निर्माता दिल राजु र सिरिशले सम्पूर्ण आरआरआर टोलीलाई सफलताको पार्टी दिए ।

यस पार्टीमा जुनियर एनटीआर र उनकी श्रीमती लक्ष्मी प्रणति र रामचरण र उनकी पत्नी उपासना कोनिडेला पुगेका थिए ।

यस्तै, फिल्मको सफलताबाट हर्षित अभिनेता राम चरणले क्रु मेम्बरहरूलाई सुनका सिक्काहरू बाँडेका छन् । फिल्म सफलताको पछाडि क्रु सदस्यहरूको हात र मिहिनेत रहेको भन्दै ३५ सदस्यलाई भारु १८ लाखबराबरको सुनको सिक्का उपहार दिएका हुन् ।

सबै ३५ क्रु सदस्यलाई हैदराबादस्थित राच चरणले  आफ्नो घर बोलाएर ब्रेकफास्टका साथ एउटारएउटा सुनको सिक्का प्रदान गरेका थिए ।

उक्त सिक्कामा एकातर्फ आरआरआको संकेत कुँदिएको छ भने अर्कोतर्फ अभिनेताको नाम कुँदिएको छ ।

राम चरणले उपहारमा दिएको सिक्का ११.६ ग्राम रहेको छ । फिल्म गएको मार्च २५ मा विभिन्न भाषामा रिलिज भएको थियो ।