किन गर्मी नसकियोस् भन्ने चाहन्छिन् साम्राज्ञी ?

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई गर्मी महिना कहिले पनि नसकियोस् भन्ने लाग्छ । सामाजिक संजालमा उनले पोष्ट गरेको तस्वीरमा क्याप्सन लेख्दै उनले समर कहिले पनि नसकियोस् भन्ने चाहेको उल्लेख गरेकी छिन् ।

आखिर, साम्राज्ञीलाई गर्मी महिना कहिले पनि नसकियोस् भन्ने लागेको होला ? साम्राज्ञी सार्वजनिक कार्यक्रम होस् या फिल्ममा नै किन नहोस्, हट पहिरन लगाएर हिड्न मन पराउँछिन् । बेलावखत साम्राज्ञीको हट पहिरनको चर्चा पनि खुबै हुने गर्दछ ।

फिल्म ‘तिम्रो मेरो साथ’ र ह्यारी कि प्यारी’को छायांकन सकेर बसेकी साम्राज्ञी अब नयाँ फिल्म ‘लण्डन टू पेरिस’मा काम गर्ने तयारीमा छिन् । साम्राज्ञी मात्र होइन, समर महिना नेपाली फिल्मका अधिकांश नायिकालाई मनपर्छ ।