जीतु नेपाललाई प्रेसर

हाँस्य कलाकार जीतु नेपाल दीपकराज गिरी, दीपाश्री निरौला र केदार घिमिरेको समुहबाट बाहिरिसकेको खबर त अब नयाँ भएन । ‘मुन्द्रेको कमेडी क्लब’मा दीपाश्री निरौला बाहिरिएसँगै जितु र ‘छक्का पन्जा’ टिमविच विवाद सुरु भयो । जसले, समुह नै अलग बनायो ।

जीतु नेपाल यो समुहबाट बाहिरिएपछि उनीमाथि दबाब भने बढिरहेको छ । यो समुहबाट बाहिरिएको केही समयपछि उनको कमेडी कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’को प्रशारण बन्द भयो । यो शो बन्द भएपछि छटपटिएका जीतुले चाडै नै शो फेरि सुरु हुने बताइरहेका छन् । उनलाई यो शो सुरु गर्नुपर्ने दबाब पनि छ । किनकी, उनकै सहकर्मी कलाकार केदार घिमिरेले ‘कमेडी हब’ नामक कार्यक्रम नेपाल टेलिभिजनबाट चाडै नै ल्याउँदैछन् । यो रियालिट शोमा केदारको निर्देशन छ ।

यस्तै, दीपाश्री निरौला नेपाल टेलिभिजनबाटै प्रशारण हुने अर्को कमेडी कार्यक्रम ‘कमेडी क्लब विथ च्याम्पियन्स’को अध्यक्ष बनिसकेकी छिन् । दीपा हरेक शोमा दिल खोलेर हाँस्ने गर्छिन् । दीपकराज गिरीले पनि ग्यालेक्सी टीभीमा ‘क्राइम पेट्रोल नेपाल’ संचालन गरिरहेका छन् । साथै, दीपक, दीपा र केदारले ‘छक्का पन्जा ४’को छायांकन पनि चाडै सुरु गर्दैछन् ।

जीतुले केही साता अगाडि मात्र ‘ह्यारी कि प्यारी’को छायांकन सकाएका छन् । अब, उनलाई टेलिभिजनमा फर्किनुपर्ने दबाब निरन्तर परिरहेको छ ।